News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • राशिअनुसार कस्को प्रेम सम्बन्ध कोसँग प्रगाढ रहन्छ ?

    हिमालीसंचार संवाददाता
    ८५४ पटक

    काठमाण्डौ। राशिअनुसार हरेक मानिसको स्वभाव फरक–फरक हुन्छ। राशिकै आधारमा व्यक्तिको स्वभाव तथा व्यक्तित्वलाई मूल्याङ्कन गर्न पनि सकिन्छ।

    व्यक्तिको राशि अनुसार एकआपसको सम्बन्ध, प्रेम तथा दाम्पत्य जिवनको समेत आकंलन गर्न सकिन्छ।

    हुनत प्रेमलाई कुनै परीधिले रोक्न सक्दैन तर यदि तपाई राशिमा विश्वास गर्नुहुन्छ भने यहाँ तपाईको राशि अनुसार कुन राशिका व्यक्तिसँगको प्रेम वा विवाह सम्बन्ध कस्तो हुन्छ, त्यसको जानकारी दिइएको छ–

    मेष राशि:
    यदि तपाईको राशि मेष हो भने, तपाईको सिंह वा धनु राशिका व्यक्तिसँगको सबन्ध सुमधुर हुन्छ, त्यसैले मेष राशिको, सिंह वा धनु राशिबीचको प्रेम सम्बन्धलाई उत्तम मानिन्छ। केही हदसम्म कुम्भ, तुला वा मिथुन राशिका व्यक्तिसँग पनि मेष राशिको सम्बन्ध ठिकै हुन्छ। तर वृष, कन्या वा मकर राशिका व्यक्तिसँगको मेष राशिको प्रेम सम्बन्ध असफल हुने सम्भावना हुन्छ। अझ मेष राशिका व्यक्तिले वृश्चिक, मीन वा कर्कट राशिका व्यक्तिसँग सम्बन्ध जोड्नु उचित हुँदैन।

    वृष राशि:
    वृष राशि भएका व्यक्तिको वृष, कन्या वा मकर राशिसँगको प्रेम सम्बन्ध उत्तम मानिन्छ। यी राशिबीचको सम्बन्ध सुमधुर हुने गर्दछ। तर वृष राशिका व्यक्तिले कर्कट, वृश्चिक वा मीन राशिका व्यक्तिसँग सम्बन्ध जोड्न चाहान्छन्, जो औषत मात्र रहन्छ। वृष राशिका व्यक्तिको मेष, सिंह वा धनु राशिका व्यक्तिसँगको प्रेम सम्बन्ध सफल हुँदैन। अझ वृष राशि व्यक्तिको मिथुन, तुला वा कुम्भ राशिका व्यक्तिसँग सम्बन्ध जोड्नु हानिकारक मानिन्छ।

    मिथुन राशि:
    मिथुन राशि भएका व्यक्तिका लागि मिथुन, तुला वा कुम्भ राशिका जिवनसाथी उत्तम हुन्छन्। यि राशि बीचको प्रेम सम्बन्ध लामो समय टिक्न सक्छ। तर मिथुन राशि भएको व्यक्तिले मेष, धनु वा सिंह राशिका व्यक्तिसँगको प्रेम ठिकै रहन्छ। तर मिथुन राशिका भएका व्यक्तिले कर्कट, वृश्चिक वा मीन राशिका व्यक्तिसँग प्रेम सम्बन्ध राख्नु हुँदैन। यो विफल हुनसक्छ। अझ मिथुन राशिका व्यक्ति र वृष, कन्या वा मकर राशि भएका व्यक्तिबीचको सम्बन्ध लामो जाँदैन।

    कर्कट राशि:
    कर्कट राशिका व्यक्तिको कर्कट, वृश्चिक वा मीन राशिका व्यक्तिसँगको प्रेम सम्बन्ध उत्तम मानिन्छ। वृष, कन्या वा मकर राशिका व्यक्ति र कर्कट राशिका व्यक्तिबीचको सम्बन्ध औसत रहन्छ। यी राशि बीचको सम्बन्ध ब्यवहार अनुकुल मात्र सुमधुर हुनसक्छ। तर मिथुन, तुला वा कुम्भ राशिका व्यक्तिसँग कर्कट राशिका मानिसको प्रेम सम्बन्ध असफल हुने सम्भावना हुन्छ। अझ कर्कट राशिका व्यक्तिको मेष, सिंह वा धनु राशिबीचको सम्बन्ध टुट्ने सम्भावना अधिक हुन्छ।

    सिंह राशि:
    सिंह राशि भएका व्यक्तिका लागि मेष, सिंह वा धनु राशिका जिवनसाथी उत्तम हुन्छन्। यि राशि बीचको प्रेम सम्बन्ध निकै सुमधुर हुन्छ। सिंह राशिले मिथुन, तुला वा कुम्भ राशिका साथीसँग मित्रता राख्दा सम्बन्ध औसत मात्र रहन्छ। तर सिंह राशिका व्यक्तिले वृष, कन्या वा मकर राशिका व्यक्तिसँग प्रेम सम्बन्ध राखेमा त्यो सम्बन्ध बिग्रने सम्भावना हुन्छ। अझ कर्कट, वृश्चिक वा मीन राशिका व्यक्तिसँगको सिंह राशिले सम्बन्ध हानिकारक मानिन्छ।

    कन्या राशि:
    वृष, कन्या वा मकर राशि भएका व्यक्तिसँग कन्या राशिका व्यक्तिको सम्बन्ध सुमधुर हुन्छ। यि राशि बीचको प्रेम सम्बन्ध निकै टिकाउ तथा आत्मिय हुन्छ। कन्या राशि भएका व्यक्तिको कर्कट, वृश्चिक वा मिन राशिका व्यक्तिसँगको सम्बन्ध औसत मानिन्छ। यि राशिबीचको वैवाहिक जिवन उनिहरुको ब्यवहारमा निर्भर रहन्छ। तर कन्या राशिले मेष, सिंह वा धनु राशिका व्यक्तिसँग प्रेम सम्बन्ध राख्नु उचित हुँदैन। यो सफल हुँदैन। अझ मिथुन, तुला वा कुम्भ राशिसँगको मित्रता फलदायि नहुने सम्भावना हुन्छ।

    तुला राशि:
    तुला राशि भएका व्यक्तिहरुको मिथुन तुला वा कुम्भ राशिका व्यक्तिसँगको प्रेम सम्बन्ध उत्तम मानिन्छ। मेष, सिंह वा धनु राशिका व्यक्तिसँगको प्रेम सम्बन्ध तुला राशिका लागि औसत रहन्छ। तर तुला राशिका मानिसको कर्कट, वृश्चिक वा मीन राशिका व्यक्तिसँग प्रेमसम्बन्ध छ भने त्यो सम्बन्ध टिक्ने सम्भावना हुँदैन। अझ तुला राशिका व्यक्तिले वृष, कन्या र मकर राशिका व्यक्तिसँग प्रेम सम्बन्ध बनाउनु हानिकारक मानिन्छ।

    वृश्चिक राशि:
    वृश्चिक राशिका मानिसको प्रेम सम्बन्ध कर्कट, वृश्चिक वा मीन राशिका व्यक्तिसँग उत्तम मानिन्छ। यि दुई राशि बीचको सम्बन्ध सुमधुर हुनेछ। वृश्चिक राशिका व्यक्तिका लागि वृष, कन्या वा मकर राशिका व्यक्तिसँगको सम्बन्ध औसत रहन्छ। यि राशिको प्रेमसम्बन्ध एकअर्काको ब्यवहारमा निर्भर हुन्छ। वृश्चिक राशिका व्यक्तिका लागि मेष, सिंह वा धनु राशिसँगको सम्बन्ध फलदायि रहदैन। अझ कुम्भ, मिथुन वा तुला राशिका व्यक्तिसँगको सम्बन्ध टुट्ने सम्भावना अधिक हुन्छ।

    धनु राशि:
    धनु राशि भएका व्यक्तिले मेष, सिंह वा धनु राशिका व्यक्तिसँग प्रेम सम्बन्ध राख्नु उत्तम मानिन्छ। यो सम्बन्ध लामो समयसम्म टिक्ने गर्दछ। तर धुन राशिका व्यक्तिको मिथुन, तुला वा कुम्भ राशिका व्यक्तिसँगको सम्बन्ध औसत रहन्छ। धनु राशिले वृष, कन्या वा मकर राशिका व्यक्तिसँग प्रेम सम्बन्ध राख्नु उत्तम हुँदैन। अझ धनु राशि भएका व्यक्तिले कर्कट, वृश्चिक वा मीन राशि भएका व्यक्तिको सम्बन्ध टुट्न सक्छ।

    मकर राशि:
    मकर राशिका व्यक्तिको प्रेम सम्बन्ध वृष, कन्या वा मकर राशिका व्यक्तिसँग निकै फलदायि रहन्छ। यि राशि बीच विवाह भएमा त्यो सम्बन्ध निकै सुमधुर हुन्छ। मकर राशिका लागि कर्कट, वृश्चिक वा मीन राशिका व्यक्तिसँगको सम्बन्ध औसत रहन्छ। तर मेष, सिंह रज्ञ धनु राशिका व्यक्तिसँग मकर राशिको सम्बन्ध टिक्ने सम्भावना न्युन हुन्छ। अझ मिथुन, तुला वा कुम्भ राशिसँग मकर राशिको सम्बन्ध निकै हानिकारक मानिन्छ।

    कुम्भ राशि:
    कुम्भ राशिका व्यक्तिको प्रेम सम्बन्ध मिथुन, तुला वा कुम्भ राशिका व्यक्तिसँग उत्तम हुन्छ। कुम्भ राशिका व्यक्तिको मेष, सिंह वा धनु राशिका व्यक्तिसँगको सम्बन्ध औसत हुन्छ। तर कुम्भ राशि भएका व्यक्तिले कर्कट वृश्चिक वा मीन राशिका व्यक्तिसँग प्रेमसम्बन्ध राखेमा त्यो सफल हुने सम्भावना कम हुन्छ। अझ कुम्भ राशिका व्यक्तिले वृष, कन्या वा मकर राशिका व्यक्तिसँगका सम्बन्ध टिकाउ हुँदैन।

    मीन राशि:
    मीन राशिका व्यक्तिको कर्कट, वृश्चिक वा मीन राशिका व्यक्तिसँगको प्रेम सम्बन्ध उत्तम हुँदैन। यि राशिबीचको प्रेम सम्बन्ध निकै सुमधुर हुन्छ। वृष, कन्या वा मकर राशिका व्यक्तिसँग मीन राशिको सम्बन्ध औसत हुन्छ। तर मिथुन, तुला वा कुम्भ राशिका व्यक्तिको मीन राशिसँगको प्रेम सम्बन्ध सफल हुँदैन। अझ मीन राशिका व्यक्तिले मेष, सिंह वा धनु राशिका व्यक्तिसँगको सम्बन्ध टुट्ने गर्दछ।

    प्रतिकृया दिनुहोस्

    अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने

    काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य...

    कार्यालयमा बाढी पसेपछि एपीवन टेलिभिजनको प्रसारण बन्द

    काठमाडौं। कार्यालयमा बाढी पसेपछि एपीवन एचडी टेलिभिजनको प्रसारण रोकिएको छ। टेलिभिजनका प्रधान सम्पादक दीपेन्द्र बान्तावाले...

    हिजबुल्लाहको ‘हेटक्वाटर’मै इजरायली सेनाको हमला

    एजेन्सी। इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालय (हेटक्वाटर)मा आक्रमण गरेको दाबी गरेको छ।...

    असोज १२ गते शनिबारको तपाईको दैनिक राशिफल

    आज मिति वि.सं.२०८१ असोज १२ गते शनिबार || ई.सं.२०२४ सेप्टेम्बर २८ || नेपाल सम्बत ११४४...

    सरकारले लेबनानमा रहेका नेपालीलाई भन्यो- समस्या परेमा दूतावासमा सम्पर्क गर्नू

    काठमाडौँ। सरकारले लेबनानमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले सूचना...