काठमाण्डौ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा दक्षिण सार्क राष्ट्रका सरकार प्रमुखहरु सबैलाई निमन्त्रणा गरिए अनुसार नेपालका प्रधानमन्त्री प्रचण्डजीले पनि भाग लिएर आउनु भयो। प्रधानमन्त्रीसहित ७२ जना मन्त्रीमण्डलको सपथ ग्रहण कार्यक्रम करिव ३ घण्टा चलेको थियो। उक्त निमन्त्रणा मान्न गएका सबै राष्ट्र प्रमुख र सरकार प्रमुखहरु ३ घण्टासम्म दर्शक दिर्घाको अघिल्लो पंक्तिमा रहेका थिए। त्यहाँ छुट्टै स्थानको ब्यबस्था गरिएको थिएन। यो कत्तिको मान हो ? या अपमान सहभागीहरुले जान्ने कुरा हो।
प्रधानमन्त्री भारतको निमन्त्रणामा जानु दुई दिन अगाडि भारतसहित ११ राष्ट्रका राजदूतहरुलाई फिर्ता बोलाइयो। भारतका लागि राजदुत डा. शंकर शर्माले उहाँको स्वागतमा सामेल हुनुभयो की भएन ? उहाँलाई कतै देखिएन तर जानु पनि कसरी र कुन मर्यादाक्रमले जाने ? नेपाल सरकारको यो निर्णय कति जायज थियो ? गर्नै परेपनि प्रधानमन्त्री फर्केर आएपछी गर्दा कुन चाहिं जाहाज डुब्थ्यो ? त्यो प्रधानमन्त्रीले जान्ने कुरा हो। तर त्यहाँ देशको मान रहेको भने सोच्न मिल्दैन। अब पठाईने राजदुतहरुसंग कतिकति करोड उठाउने हो ? कमाउन पल्केकाहरुको चर्तिकला आगामी दिनले बताउला। भारतबाट फर्किदै गर्दा प्रधानमन्त्री प्रचण्डज्यूको चुरिफुरी भने निक्कै फुर्तिलो थियो। यो लम्पसारबादको निर्लजता हो।
“संसद चलेको छ। तर कुर्सी मात्र देखिन्छ। जहाँ कोरम पुगेको देखिँदैन। उपस्थित भएकाहरु पनि आफुले बोलेपछि हिड्ने एक आद सांसद र महिला सांसदहरु क्याम्पसमा लेक्चर नोट लेखेको जस्तो मिहिनेतका साथ लेख्नमा ब्यस्त देखिन्छ। ठूला नेता र प्रभावकारी कहलिएका सांसदहरुको उपस्थिति केवल बिल पास गर्ने बेलामा मात्र उपस्थित देखिन्छ। लाग्छ राजनिति जागिर हो। बिना लगानिको ब्यापार हो। संसद हाजिर जनाउदै तलव र भत्ता पकाउने थलो हो।”
अर्को कुरा दुई देश बिचका उच्चस्तरिय वान टु वान भेटघाटमा स्वकिय सचिव आफ्नै छोराछोरी र श्रीमती भएपनी राखिंदैन। त्यो मर्यादाक्रमले दिदैन तर हाम्रो प्रधानमन्त्रीले छोरी राख्नु भयो। भारतका प्रधानमन्त्रीले राखेका थिए ? हाम्रो प्रधानमन्त्रीले त्यहाँ पनि आफ्नो पाखण्डी पनि देखाउनु भयो।
प्रधानमन्त्री खुसी व्यक्त गर्दै हुनुहुन्थ्यो। भारतमा पनि गठबन्धन सकार आयो। यो हाम्रो लागि खुसीको कुरा हो। तर एउटा कुरा ख्याल राख्नुहोस् प्रधानमन्त्रीज्यू ! त्यहाँका मत थोरै पाएका गठबन्धन पाटनरहरु तपाईले जस्तो अर्को बार्दलिमा गएर हात हल्लाउन पुगेनन्। रातो कार्पेट त उनिहरुलाई पनि बिछ्याईएको थियो नी।
“भ्रष्टाचारमा कृतिमान कायम गर्दै गएको देश भू-माफिया, तस्कर भ्रष्टहरुको बिगबिगी प्रमाणित भैसकेको छ। अदालतमा राजनीतिक मुद्धा र भ्रष्टाचारको मुद्धाको चाप थेगिनसक्नु अबस्थामा पुगिसक्यो। जनताको मुद्धा हेर्ने, जनताले छिटो न्याय पाउने अबस्था छैन। प्रदेश सरकार फेरबदलका मुद्धाको शिलशिला रोकिने छैन। केन्द्र सरकार तिन महिना भन्दा बढि चल्न पाएको हुदैन सरकार परिवर्तन भैरहन्छ। केन्द्र परिवर्तन भएपछि प्रदेश हुनैपर्ने यस्तो स्थायीत्व नभएको राजनितिले चलेको तिन तहको सरकार देशको अर्थतन्त्रले कति दिन धान्छ ?”
राजनितिले तय गर्न नसकेको बाटो अरु कुनै निकायले पूरा गर्न नसक्ने रहेछ। संसद चलेको छ। तर कुर्सी मात्र देखिन्छ। जहाँ कोरम पुगेको देखिँदैन। उपस्थित भएकाहरु पनि आफुले बोलेपछि हिड्ने एक आद सांसद र महिला सांसदहरु क्याम्पसमा लेक्चर नोट लेखेको जस्तो मिहिनेतका साथ लेख्नमा ब्यस्त देखिन्छ। ठूला नेता र प्रभावकारी कहलिएका सांसदहरुको उपस्थिति केवल बिल पास गर्ने बेलामा मात्र उपस्थित देखिन्छ। लाग्छ राजनिति जागिर हो। बिना लगानिको ब्यापार हो। संसद हाजिर जनाउदै तलव र भत्ता पकाउने थलो हो।
“बिदेशको अध्यागमनमा नेपाली पासपोर्ट देख्ने बित्तिकै मुखमा हेरेर खिसी गरेर हाँस्छन्। Excuse me, Why are you laughing ? भनेर सोध्यो भने जबाफमा Your country is known for the corruption भनेर जबाफ दिन्छन्। के यसलाई हामी गौरवपूर्ण परिचय मान्ने ? की यो उपाधि दिलाएकोमा नेताहरुलाई स्यालुट गर्ने ? गणतन्त्रले हामीलाई कहाँ पुर्यायो ?”
भ्रष्टाचारमा कृतिमान कायम गर्दै गएको देश भू-माफिया, तस्कर भ्रष्टहरुको बिगबिगी प्रमाणित भैसकेको छ। अदालतमा राजनीतिक मुद्धा र भ्रष्टाचारको मुद्धाको चाप थेगिनसक्नु अबस्थामा पुगिसक्यो। जनताको मुद्धा हेर्ने, जनताले छिटो न्याय पाउने अबस्था छैन। प्रदेश सरकार फेरबदलका मुद्धाको शिलशिला रोकिने छैन। केन्द्र सरकार तिन महिना भन्दा बढि चल्न पाएको हुदैन सरकार परिवर्तन भैरहन्छ। केन्द्र परिवर्तन भएपछि प्रदेश हुनैपर्ने यस्तो स्थायीत्व नभएको राजनितिले चलेको तिन तहको सरकार देशको अर्थतन्त्रले कति दिन धान्छ ?
अहिले सांसद र सरकारका मन्त्रीहरूको काम कस्ले कति भ्रष्टाचार गरेका छन्। त्यस्को खोजि कार्यले तिब्रता पाएको छ। यदि यस्ता सुचना र फाईल खोजिने हो भने कोही नेता, पूर्व हुन या बहालवालामन्त्री कुनै बनच्नेवाला छैनन्। तर एकले अर्कोलाई नंग्याउने र सबै उस्तैउस्तै भेटिँदा मिलनबिन्दुमा पुग्ने भ्रष्टाचार जति सबै लुकाउने, “चोरचोर चचेरा भाई भन्दै मित लगाउने” हो भने यो धन्दा बन्द हुनुपर्छ। बाल मन्दिरको जग्गा घोटाला र त्यसमाथि भएको भ्रष्टाचारमा संग्लग्न २० जना ब्यक्ति उपर जारि गरिएको पक्राउ पुर्जी डेढ महिनासम्म नपक्रिनुको कारण के हो ? सबै उस्तैउस्तै कस्ले कस्लाई पक्रिने। जनता, सामाजिक अभियन्ता, नागरिक समाजले खोज्नुपर्ने कुरा यी हुन्।
बिदेशको अध्यागमनमा नेपाली पासपोर्ट देख्ने बित्तिकै मुखमा हेरेर खिसी गरेर हाँस्छन्। Excuse me, Why are you laughing ? भनेर सोध्यो भने जबाफमा Your country is known for the corruption भनेर जबाफ दिन्छन्। के यसलाई हामी गौरवपूर्ण परिचय मान्ने ? की यो उपाधि दिलाएकोमा नेताहरुलाई स्यालुट गर्ने ? गणतन्त्रले हामीलाई कहाँ पुर्यायो ?
यहाँ त आफ्नै पार्टि भित्रका सहयोगी साथिहरुको पार्टिले खाएको पैसा त फिर्ता नगर्ने उल्टै साथिहरु माथिनै भ्रष्टाचार गर्न बाँकी नराख्ने अनुभवबाट खार्रिएकाहरु छन्। के यहाँ लाज, सरम, धरम छ ? भ्रष्टहरुको राज भएको मुलुकमा यहाँ बाँच्न गारो छ। पसुपतिनाथले छिट्टै यो देशको रक्षा गरुन। जय नेपाल।