News Portal

धरानमा बास्केटवल ट्यालेन्ट हन्टका विद्यार्थीलाई जर्सी प्रदान

विकास चाम्लिङ राई, धरान
६३४ पटक

जोठ-२४, बिहीबार/धरान – धरान बास्केटवल संघले नौं बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पका विद्यार्थीहरुलाई बिहीबार बास्केटवल जर्सी प्रदान गरेको छ ।

धरान-१६ स्थित इन्डोर बास्केटवल कोर्टमा धरान बास्केटवल संघको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा जेष्ठ-१० गतेदेखि तिन हप्ते ट्रेनिङ्ग क्याम्प सम्पन्न भइरहेको छ । क्याम्पमा सहभागी ६५ जना विद्यार्थीहरुलाई जर्सी प्रदान गरिएको हो । 

उनीहरुलाई कार्यक्रमका प्रमूख अतिथि धरान उपमहानगर प्रमुख मेयर हर्कराज राई, धरान १८ नं. वडाध्यक्ष नरेन्द्रकुमार राई “प्रविण”, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, धरान मेघा हिमालयन कलेजका प्राचार्य भाष्कर पौडेल लगायतको हातबाट जर्सी हस्तान्तरण गरिएको थियो।

सहभागी विद्यार्थीहरुलाई प्रदेशका मूख्य प्रशिक्षक विकास चाम्लिङ राईको नेतृत्वमा राष्ट्रिय खेलाडि डा. आशा राई, आस्था राई, चिरन्जिवी गिरी, युगल लिम्वु, निवा लिम्वु, पारुहाङ चेम्जोङ र साहिल श्रेष्ठले प्रशिक्षण गराइरहेको छ ।

बाह्र वर्ष अघिदेखि सुरुवात गरिएको नौं क्याम्पमा एसईई दिएर बसेका विद्यार्थी र बास्केटवल सिक्न चाहने विद्यार्थीहरुले सहभागिता जनाएको छ। बास्केटवल खेलाडि उत्पादन तथा व्यावसायीक रुपमा विकास गर्नका लागि ट्यालेन्ट हन्टको अयोजना गरिएको सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सवेदिले जानकारी गराए । 

क्याम्पमा सहभागी एसईई दिएर बसेका उत्कृष्ट खेलाडिलाई संघले धरानको उत्कृष्ट कलेजमा छत्रवृतीका लागि सिफारिस गरि अवसर प्रदान गरिने सुवेदिले बताए। सुवेदिका अनुसार अहिलेसम्म एक सय भन्दा बढी विद्यार्थीले संघको सिफारिसमा छात्रवृतीमा अध्ययन गरिसकेको छ। 

कार्यक्रमका प्रमूख अतिथि मेयर साम्पाङले शिक्षा संगै अतिरिक्त क्रियाकलाप महत्वपूर्ण रहेको बताए। शिक्षा र खेलकुद अपरिहार्य रहेको समेत उनले बताए । एकभारि कापिकिताब वोकाएर भन्दा पनि वालवालिकाको क्षमता र दक्षता हेरी त्यहि अनुरुप उनिहरुलाई शिक्षा दिनु पर्ने शिक्षा निीति प्रणाली बन्नु पर्ने उनले बताए ।टयालेन्ट हन्ट प्रशिक्षण क्याम्प असार पहिलो हप्तासम्म चल्ने छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...