News Portal

युएइको आबुधाबीमा राजदूत क्षेत्रीले गरे बिबिटीको उदघाट्न

रामप्रसाद ढुंगेल, युएइ
५६७ पटक

जेठ-१२,शनिबार/अबुधाबी – युएइको राजधानी अबुधाबीमा बिबिटी रेस्टुरेन्टको औपचारिक उदधाटन भएको छ। युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री, द्वितीय सचिव भुपेन्द्र घिमिरे, श्रम सहचारी अबिद अन्सारीको उपस्थितिमा बेस्ट बर्गर टाउन रेस्टुरेन्टको औपचारिक सेवा सुरु २३ मे बिहिवारबाट भएको हो ।

अबुधाबीका नेपाली समुदायमा परिचित नारायण पण्डितले वैदिक बिधिबाट मन्त्रोचारण गरेपछि सपरिवार उपस्थित राजदूत क्षेत्रीले रिवन काटेर रेस्टुरेन्टको औपचारिक उदघाट्न गरेका हुन् ।

रेस्टुरेन्टका संचालक रामेछापका युवा केशव कार्कीले युएइमा समस्यामा परेका नेपालीहरुको लागि नि:शुल्क सेल्टर तथा खाना उपलब्ध गराइरहेकोमा दूतावासले संचालक कार्कीको सामाजिक उत्तरदायित्वको प्रशसा गरे। युएइमा नेपाली व्यावसायीहरुको उपस्थितिले नेपालकै आर्थिक विकासमा सकारात्मक सहयोग हुने बताउदै राजदुत क्षेत्रीले व्यावसायिक सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

युएइको नेपाली समुदायमा तुलनात्मक रूपमा सुलभ र गुणस्तरीय खाना उपलब्ध गराउने उदेश्यले स्थापना गरिएको उक्त रेस्टुरेन्टले नेपाली अतिरिक्त भारतीय, पाकिस्तानी, फिलिपिन्स खाना पनि उपलब्ध गराउने संचालक केशव कार्कीले जानकारी दिएका छन् ।चिकेन खाना दश दिराममै उपलब्ध गराउने यो रेस्टुरेन्टमा सबै प्रकारका नेपाली म:म: र चाउमीन पनि दस दिराममै कारोबार गर्दछ । 

उदघाट्न कार्यक्रममा एनआरएनए एनसीसी उपाध्यक्ष फडिन्द्र ढकाल, नेपाल पत्रकार महासंघ सदस्य उमाकान्त पाण्डे, रुपेश अधिकारी, कृष्ण कुवर, प्रभु बैंकबाट प्रकाश पौडेल, हिमालयन बैंकबाट गोकुल ज्ञवाली, ग्लोबल आइएमई बैंकबाट अर्जुन चापागाईं लगायत व्यावसायिक व्यतित्व खगेन्द्र शर्मा, गीतकार दिपराज न्योङ्हाङ लगायत सर्वसाधारण नेपालीहरुको बाक्लो उपस्थितिमा रेस्टुरेन्टले सेवा प्रारम्भ गरेको छ । 

शुभारम्भ कार्यक्रममा युएईका स्थानीय नागरिकहरु पनि उपस्थित भएर रेस्टुरेन्टको सफलताको लागि शुभकामना दिएका थिए। उदघाटन कार्यक्रमपछि आयोजना भएको शुभकामना आदानप्रदान कार्यक्रमको संचालन रेस्टुरेन्टका व्यवस्थापक बिष्णुप्रसाद लामिछानेले गरेका थिए भने उक्त रेस्टुरेन्टको ग्रुप अफ कम्पनीको रियल स्टेट इन्चार्ज रामप्रसाद ढुंगेलले कम्पनीको बारेमा प्रकाश पार्दै सबैलाई मन्तव्यमार्फत स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...