फेरी बढ्यो सुनको मुल्य आज सुनको मुल्यले नयाँ रेकर्ड कायम गऱ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बिहीबार प्रतितोला रु. एक लाख ३५ हजार ६ सयमा कारोबार भएको थियो। आजका लागि भने छापावाला सुन तोलामा रु. एक लाख ३७ हजार नौ सयबराबरको मूल्य निर्धारण भएको छ।
त्यस्तै, तेजाबी सुन बिहीबार प्रतितोला रु. एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो। आजका लागि भने तेजाबी सुन रु. एक लाख ३७ हजार दुई सय ५० निर्धारण भएको छ।
त्यस्तै, चाँदी भने तोलामा रु. ५० ले वृद्धि भएको छ। बिहीबार प्रतितोला रु. एक हजार ६ सय ८५ मा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय ३५ निर्धारण भएको जनाइएको छ।









