News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • आज बैशाख-१८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    आजको राशिफल हेर्नुस्
    २४६ पटक

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १८ गते मंगलबार इश्वी सन २०२४ अप्रिल ३० तारीख बैशाख कृष्णपक्ष सप्तमी तिथी उत्तराषाढा नक्षत्र साध्य योग भद्रा करण चन्द्रमा धनु राशिमा पश्चात मकर राशिमा आनन्दादि योगमा मानस योग कालयुक्त नाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋृतु॥

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – तपाईको गैर ब्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ने देखिन्छ। आज तपाईको यात्रा कारक समय रहेको छ। तपाईले पारीवारिक झमेलाको सामना गर्नु पर्ने देखिन्छ। आज मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगले तपाईको मन प्रशन्न रहने देखिन्छ । कार्य क्षेत्रमा लगाईएको कर्मको प्रतिफल प्राप्तिका निम्ति सामान्य प्रतिक्षा गर्नु पर्ने देखिन्छ।

    बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज तपाईका ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ। आज स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्ने छ। मध्यान पश्चात मित्र तथा दाजु-भाई बिचको सम्बन्धमा सुधार आउने छ। मनोरञ्जनमुलक यात्राको सम्भाबना रहेको छ। तपाईका कार्य कुसलतालको क्षेत्रबाट मान्यजनको मन जित्न सफल रहने योग रहेको छ ।

    मीथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज भोग बिलासको क्षेत्रमा तपाईको समय ब्यतित हुने च। तपाईको मनोबिलासिताका सामान खरिद गर्ने योग रहेको छ। तपाईका कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आई पर्न सक्छ। मध्यान पश्चात खानपानमा विशेष ध्यान दिनु होला। खुट्टा तान्ने ब्यक्तिबाट बच्नु पर्ने समय छ। बाणी तथा स्वास्थ्यका क्षेत्रमा ध्यान दिएको राम्रो हुने छ ।

    कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज सामान्य खर्च हुने योग रहेको छ। यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ। तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्ने छन्। तपाईका मध्यान पश्चात जीवन साथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्ने छ। तपाईको शारीरिक आलस्यताका कारण कार्य सम्पादनमा सामान्य ढिलाईको योग रहको छ ।

    सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज अरुको सहयोगबाट बिग्रन लागेको काम बन्ने छ। सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला। मध्यान पश्चात जिद्धि स्वभावको कारण प्रतिस्पर्धामा पराजयको सामना गर्नु पर्ने देखिन्छ। समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरु बिच पछि पर्न सक्ने योग रहेको छ।

    कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज सामाजिक कार्यमा आफ्नो अग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुने छ। समयमा सहि निर्णय गर्ने क्षमता बढ्ने छ । मध्यान पश्चात बौद्धिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुने छ। तपाईको मानसिक चञ्चताले बिद्या असफल रहने देखिन्छ ।

    तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज मित्रजनको सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ। तपाईको साझेदारी कामको आम्दानी भने उत्तम रहने छ। आज मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन। आज भोगबिलासीताका क्षेत्रमा मन जाने देखिन्छ। आज तपाईले हतासमा गरेका निर्णयले असफल बनाउन सक्ने देखिन्छ।

    बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज तपाईका सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन। तपाइको पठनपाठनमा भने समय राम्रो रहेको छ। तपाईका मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्छ। बल तथा पराक्रम बृद्धि हुने छ। तपाईका आम्दानी क्षेत्र उत्तम रहने योग रहेको छ ।

    धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउने छ। तपाईका भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ। मध्यान पश्चात ब्यक्तित्व विकासमा जुट्ने समय रहेको छ। आज कुलकुटुम्बहरुको सहयोग राम्रो प्राप्त हुने देखिन्छ। मेहनतको राम्रो फल प्राप्त हु्ने छ। आज खानपानमा विशेष ध्यान दिएको राम्रो हुने छ ।

    मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज विश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा विशेष सजग रहनु होला। आज मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग रहेको छ। तपाईका मान्यजनको सहयोग प्राप्त होला। आज भोगबिलासमा समय ब्यतित हुने छ। तपाईका कार्य सम्पादनमा गोप्यताको आवश्यक रहने छ।

    कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – मित्रजनको सहयोगबाट कार्य सम्पादनमा मदत पूग्ने छ। आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको विषय भईन सकिने छ। मध्यान पश्चात आम्दानि क्षेत्रमा बृद्धि हुने योग रहेको छ। आज तपाईले गरेका काममा मन नजाने र सामान्य अप्जस आउन सक्छ।

    मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज सभासम्मेलनमा सरिक हुने अवसर प्राप्त हुने छ। बिद्यार्थी वर्गका निम्ति समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रमको कदर हुन सक्ने योग रहेको छ। रचनात्मक कार्यमा समय ब्यतित रहने देखिन्छ। बिद्या प्राप्तिको योग रहेको छ। तपाईका सहि समयमा सहि निर्णय गर्न सक्ने योग रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    उर्लाबारी खानेपानी सबैभन्दा उत्कृष्ट

    मोरङ, जेठ २१ – उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सम्पूर्ण नगरबासीलाई शुद्ध खानेपानी उपलब्ध...

    नेपाली श्रमिकका समस्या समाधानबारे एनआरएनए प्रतिनिधिमण्डल र श्रम मन्त्रीबीच गहन छलफल

    काठमाडौँ, जेठ २१ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले विदेशमा कार्यरत...

    बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते

    काभ्रेपलाञ्चोक, जेठ २१ — काभ्रे जिल्लाको पनौतीबाट बेथानचोक गाउँपालिका–६ स्थित भुग्देउतर्फ गइरहेको यात्रुवाहक बस दुर्घटनामा...

    राजसंस्था समर्थकहरूको भेलामा मनमुटाव, दोस्रो चरणको आन्दोलनबारे निर्णय नहुँदै कार्यक्रम विसर्जन

    काठमाडौं, जेठ २१ – राजसंस्था पुनःस्थापनाको माग लिएर गठित संयुक्त जनआन्दोलन समितिले राजधानीमा आयोजना गरेको...

    ललितपुरको ठैब क्षेत्रमा बिजुलीको पोल ढल्दा एकजनाको मृत्यु

    ललितपुर, जेठ २१ — ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित ठैब क्षेत्रमा सडक विस्तारका क्रममा भएको एक...