News Portal

  • भाटभटेनी सुपरमार्केटमा विभागको छड्के, दुधजन्य खाद्यवस्तु बिक्री वितरणमा रोक

    ६३७ पटक

    काठमाडौं : सरकारले भाटभटेनी सुपरमार्केटबाट भइरहेको दुधजन्य खाद्य वस्तु बिक्रीवितरणमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बुधबार दिउँसो महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि दुधजन्य खाद्यवस्तु बिक्रीवितरण नगर्न निर्देशन दिएको हो ।

    भाटभटेनी सुपर मार्केटबाट विक्री हुने दुधजन्य खाद्य बस्तु गुणस्तरहिन भएको पाइएपछि त्यसलाई रोक लगाइएको विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले जानकारी दिए । तिहारमा अत्याधिक विक्री वितरण हुने काठमाडौंको मिठाई पसल अनुगमनको कामलाई तीब्रता दिँदै आएको विभागले बुधबार अत्याधिक बिक्री वितरण हुने महाराजगंजस्थित भाटभटेनी सुपरमार्केटको खाद्य स्टोरको खाद्य वस्तुको पनि परीक्षण गरेको हो । परीक्षणमा दुधजन्य वस्तु गुणस्तरहिन पाइएको थियो ।

    यसैगरी विभागले बुधबार तीनवटा मिठाई पसलमा पनि अनुगमन गरेको छ । महाराजगञ्जस्थित टिपटप मिठाई पसल र गौशालास्थित अन्नपूर्ण मिठाई भण्डार र व्यञ्जन मिष्ठान भण्डारको पनि अनुगमन गरेको हो । अनुगमनका क्रममा तीनवटै मिठाई पसलमा तेलको गुणस्तरमा सुधार गर्न सचेत गराइएको छ । रङको प्रयोग सन्तोषजनक रहेको पाइएपनि खाद्य वस्तुमा तेलको गुणस्तरमा सुधार ल्याउन पनि मिठाई पसलहरुलाई सचेत गराइएको पनि विभागका महानिर्देशक कर्णले बताए ।

    मंगलबार काठमाडौंको थापाथली र कमलादीमा रहेको २ वटा मिठाई पसलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.युवकध्वज जिसी नेतृत्वको उच्चस्तरीय  टोलीले अनुगमन गरी गुणस्तर हेरेर मात्रै मिठाईलगायतका खाद्य बस्तु खरिद गर्न पनि आम उपभोक्तालाई सचेत गराएको थियो ।

    सरकारले खाद्य स्वच्छता अभियान अन्तरगत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा काठमाडौंलगायत देशका मुख्य–मुख्य सहरमा बजार अनुगमनको कामलाई निरन्तरता दिँदै आएको छ । सरकारले विगत २ महिनायता तरकारी, दुध, मासु, खानेपानी, तेललगायतका दैनिक उपभोग्य खाद्य वस्तुको बजार अनुगमन गरी गुणस्तरहिन खाद्यवस्तु उत्पादकहरुको कारखानामा शीलबन्दी समेत गर्दै आएको छ रातोपाटिले खबर लेखेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २७ गतेको राशिफल

    आज कार्तिक २७, २०८२ (नोभेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...