News Portal

आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

आजको राशिफल हेर्नुस्
५९३ पटक

श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९ तारीख चैत्र शुक्लपक्ष एकादशी तिथी मघा नक्षत्र वृद्धि योग वणिज करण चन्द्रमा कर्कट राशिमा आनन्दादी योगमा काण योग कालयुक्त नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु कामदा एकादशीव्रत॥

– ज्यो.पं सरोज घिमिरे

मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज तपाईका प्रतिस्पर्धीहरुको सवल रहनाले कार्यसम्पादनमा विशेष साबधान रहनु पर्ने समय रहेको छ। आज विश्वासिला ब्यत्तिहरुबाट धोका हुन सक्ने सम्भाबना रहेको छ। तपाईको सामाजिक कार्यमा सरिक हुने अवसर प्राप्त हुने छ। आज सामान्य खर्च हुने योग रहेको छ। आज सामुहिक कार्यमा सहभागी हुने अबसर रहेको छ।

बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज तपाईको अध्ययन अध्यापनमा समय उत्तम रहेको छ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहने छ। आज आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ। तपाईका अनावश्यक खर्चको सम्भाबना रहेको छ। तपाईको कार्य क्षेत्रमा तपाईको मन लागे पनी सामान्य ट्रुटीले मानसिक चिन्ता दिलाउने छ। तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्ने छन् ।

मीथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ। आज खानपानको क्षेत्रमा सजग रहनु होला। प्रेम सम्बन्धमा सुधार आउने छ। तपाईको पारीवारिक झोर झमेला सताउन सक्ने छ। मान्यजनको सहयोगले आम्दानिका क्षेत्रमा सहयोग पुग्ने छ। मातृ पक्षको सहयोकले बौद्धिक विकासमा जुट्ने समय रहेको छ ।

कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज तपाईका मित्र जनको सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ। तपाईका एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्छ। नजिकका ब्यक्तिबाट विश्वासघात हुन सक्छ। आच तपाईको कुराकाट्ने ब्यक्तिहरुबाट टाढै रहनु होला। तपाईका पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला। आज सामान्य यात्रा पश्चात कार्य सिद्धि हुन सक्छ ।

सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज तपाईको मनमा सामान्य डर पैदा हुनुका साथै तपाईका मनमा चञ्चलताले बास गर्ने छ। तपाईको बोलिको प्रभावको कारण मान्यजनको साथ पाउने योग रहेको छ। तपाईको स्वास्थ्य सम्बन्धि समस्यामा सुधार आउने देखिन्छ। आज मित्रजनको साथ सहयोकले आकस्मिक धनलाभ हुन सक्ने छ। तपाईका कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा तपाउका मनमा खिन्नता उत्पन्न हुन सक्ने देखिन्छ ।

कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज भौतिक सुख साधन प्राप्त हुने छ। तपाईको शारीरिक आलस्यले सताउन सक्छ। आज निर्णय गर्ने क्षमतामा बृद्धि हुने देखिन्छ। तपाईका मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्ने छ। तपाईका हराएका धनमाल प्राप्ति हुने योग रहेको छ । तपाईको बौद्धिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा विशेष फाईदा हुने देखिन्छ। आज गीत संगीततर्फ रुची जाग्ने छ ।

तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज तपाईका प्रेमी प्रेमीका बिच मनमुटाब हुन सक्छ। ब्यापार ब्यवसायबाट राम्रो आम्दानि हुने योग रहेको छ। आज सामान्य क्षति ब्यर्होनु पर्ला। तपाईका कुराकाट्नेहरुको बृद्धि हुने छ। आज परोपकारको क्षेत्रमा मन जाने देखिन्छ। तपाईका साधारण खर्च भएतापनि आज तपाईको दिन मध्यम रहेको छ। तपाऊको पारीवारिक सहयोग प्राप्त हुनाले तपाईका कार्य सम्पादनमा सहयोग पुग्ने छ ।

बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज मित्रजनको सहयोग प्राप्त हुने छ। तपाईको बिद्या तथा ब्यापारको राम्रो योग रहेको छ। तपाईको बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्न सक्छ। तपाईको धनमालमा सामान्य क्षति हुने योग रहेको छ सजग रहनु होला। तपाईलाई शारीरिक आलस्यताले सताउन सक्ने छ। तपाईले लगानी गर्दा विशेष होस पुऱ्याउनु पर्ने समय रहेको छ ।

धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – तपाईको पारीवार तथा ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउने छ। तपाईको सन्तान सम्बन्धि समस्याले सताउन सक्छ। तपाईको कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ। नयाँ कार्यको थालनीले मन प्रशन्न रहला। तपाईका आम्दानी क्षेत्र सबल रहेको छ। तपाईका शुभचिन्तकहरुको सङ्ख्यामा बृद्धि हुने योग रहेको छ। गायन क्षेत्रमा रुची जाग्ने योग रहेको छ ।

मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज तपाईका आफन्तजन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेको छ। तपाईका मनोबिलासिताका सामान खरिद गर्ने योग रहेको छ। तपाईको दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार हुने देखिन्छ। तपाईका कार्य क्षेत्रमा उत्पन्न झन्झट पश्चात सभा सम्मेलनमा संलग्न हुने देखिन्छ। तपाईको परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मतभेद रहन सक्ने छ ।

कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – तपाईको बोलिको कारण साधारण समस्या आउन सक्ने छ। तपाईको स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ। आज स्तान्तरणको योग रहको छ। तपाईका स्वास्थ्य सम्बन्धि समस्याको कारण तपाऊका मनमा सामान्य चिन्ताले सताउन सक्छ। नजिकका ब्यक्तिबाट विश्वासघात हुन सक्छ। तपाईका कार्य क्षेत्रमा विशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ।

मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज तपाईको ब्यापार ब्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ। तपाईका मनोबिलासिताका सामान खरिद गर्ने योग रहेको छ। तपाईका मित्रजनहरु बिचको भेटघाटले तपाईका मन प्रशन्न रहने छ। आज मान्यजनको सहयोगबाट बिग्रन लागेको काम बन्ने देखिन्छ। तपाईले अरुको विश्वास गर्नाले तपाईलाई धोका हुन सक्छ। तपाईका आम्दानी क्षेत्र सबल रहेता पनि स्वास्थ्यमा सामान्य बाधा आई पर्न सक्छ ।

 

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...