News Portal

  • इटहरीमा भीषण आगलागी, करोडौंको क्षति भएको अनुमान

    हिमाली संचार संवाददाता
    ५०० पटक

    इटहरी– सुनसरी जिल्लाको इटहरी उपमहानगरपाालिका–६ स्थित मुख्य चोकमा रहेको सप्तकोशी कलर ल्याव रहेको चारतले पक्की भवनमा आज दिउँसो आगलागी हुँदा कम्तिमा रु एक करोड क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

    एक दर्जन बढी व्यावसायिक कारोबारका पसल तथा व्यवसाय रहेको उक्त भवनमा विद्युत् ‘सर्ट’ भएर दिउँसो १ बजेतिर आगलागी शुरु भएको इटहरी बारुणयन्त्र कार्यालयले जानकारी दिएको छ ।

    आगलागीमा परेर विनोद पराजुलीको नाममा रहेको उक्त चारतले भवनको माथिल्लो तीन तला पूर्ण रूपमा ध्वस्त भएको छ । आगलागीका कारण त्यो भवनभित्र रहेका अधिकांश पसल तथा व्यवसायीको सरसामान पूर्ण रूपमा जलेर नोक्सानी भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

    इटहरीको मुख्य चोक क्षेत्रको बजारमा भएको उक्त आगलागी अन्य घर क्षेत्रमा फैलन नदिनका लागि झण्डै एक दर्जन बढी दमकलले पूर्ण प्रयास गरेका कारण ठूलो नोक्सानी हुनबाट इटहरीको बजार जोगिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    बीच शहरमा भएको आगोलाई नियन्त्रणमा लिनका लागि इटहरी धरान विराटनगर इनरुवा तथा यस आसपासमा भएका बारुणयन्त्र, प्रहरी नेपाली सेना सशस्त्र प्रहरी र स्थानीयवासीसमेतको सक्रिय सहभागिताकै कारणले आगो अपरान्ह् ३ बजेतिर नियन्त्रणमा लिने कार्य सफल भएको थियो ।

    घना शहरको बीचमा भएको घरमा आगलागी भएका आसपासका अन्य जोडिएका घरमा समेत नोक्सानी पुगेको स्थासनीयवासीले जानकारी दिँदै अहिल्यै क्षतिको यकिन विवरण भन्न नसकिने अवस्था नरहेको बताइएको छ ।

    चारतला माथिबाट आगो प्रारम्भ भएकाले के कारणले आगो सल्किएको वा फैलिएको हो भन्ने यकिन हुननसकेको र प्रहरीले विद्युत् सर्टकै कारणले आगो लागेको प्रारम्भिक अनुमान गरेको जानकारी दिएको छ । आगलागीमा धेरै नोक्सानी भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । आगो नियन्त्रणमा पूर्ण सावधानीपूर्वक अपनाइएकाले शहरमा आगो फैलनबाट जोगिएको प्रहरीले बताएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सिंहदरबार जलाउने धम्की पहिले नै दिइएको थियोः केपी शर्मा ओली

    काठमाडौं, असोज ७ – नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतन्त्र, गणतन्त्र...

    तुइनखोलामा फेरि ठूलो पहिरो, राजमार्ग पूर्ण अवरुद्ध

    काठमाडौं, असोज ७ – नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा मंगलबार दिउँसो ठूलो सुक्खा पहिरो खसेपछि सम्पूर्ण यातायात...

    सुमना श्रेष्ठलाई पार्टीमा फर्काउने सम्भावना, कार्यदल बनाउने प्रस्ताव

    काठमाडौं, असोज ७ – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिले पार्टी छाडेकी पूर्वसांसद सुमना श्रेष्ठलाई फेरि...

    काजकिरिया गर्ने समस्या सम्बन्धी सहयोगको अपिल

    रबिन्द्र बराल/मोरङ, असोज ७ – रङ्गेली नगरपालिका वडा नं. २ स्थित दिनाटोलमा विगत वर्षदेखि १...

    कांग्रेसमा विशेष महाधिवेशनको माग, हस्ताक्षर अभियान सुरु

    काठमाडौं, असोज ७ – नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ।...