आज बैशाख-२ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

श्री शाके १९४६ विस २०८१ साल बैशाख २ गते आइतबार इश्वी सन् २०२४ अप्रिल १४ तारीख चैत्र शुक्लपक्ष षष्ठी तिथी आद्रा नक्षत्र अतिगण्ड योग गर करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा ध्वांक्ष योग कालयुक्त नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु मध्यपुर ठिमी बालकुमारी जात्रा, भक्तपुर महाकाली “महालक्ष्मी जात्रा, टोखा चन्देश्वरी जात्रा॥
– ज्यो.पं सरोज घिमिरे
मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज बल तथा प्रराक्रममा बृद्धि हुनेयोग रहेको छ। तपाईका मित्रजनहरु सगँको सम्बन्धमा प्रधाटता बढ्ने छ।तपाईको स्वास्थ्यमा सामान्य सुधारको योग रहेको छ। तपाईको आम्दानिको क्षेत्र भने आज मध्यम रहेको छ। आज धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्ने योग रहेको छ। आज अप्रत्याशीत खवरले तपाईको मनमा प्रशन्नता छाउने योग रहेको छ। आज दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोले सजग भइ यात्रा गर्नु होला।
बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज तपाईले स्थिर क्षेत्रमा गरिएको लगानी उत्तम साबित हुने छ। तपाईले सभासम्मेलन जन्य कार्यमा सहभागिता जनाउने योग रहेको छ। तपाईको स्वास्थ्यमा सामान्य तनाब हुन सक्छ। तपाईको आम्दानिको क्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्ने देखिन्छ। तपाईले गरेका कार्य सम्पादनमा गोपनियताको आवश्यकता रहेको छ। तपाऊका मित्रजनहरु सगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्छ ।
मिथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज नयाँ कार्य थालनिको निम्ति उत्तम समय रहेको छ। तपाईको मनमा सामन्य चिन्ताले सताउन सक्छ। आज साजेदारी काममा लगानी नगरेको राम्रो हुने छ। तपाईको शारीरिक आलस्यताले सताउने छ। साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ। साजेदारी कार्यमा हात नहालेकै राम्रो हुने छ। आज दाम्पत्य सम्बन्धमा सामान्य खटपट आई पर्न सक्छ।
कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – तपाईका मित्रजनहरुको लागि साधारण खर्चहुन सक्ने सम्भाबना रहेको छ। आज खराब संगतका कारणले सामान्य झन्जट व्यहोर्नु पर्ला। आज ब्यापार ब्यवसायमा सामान्यतय हानी हुन सक्छ। आज कोध्रको कारण मानसिक चिन्ता हुन सक्छ। नयाँ कार्य थालनिका निम्ति आट र साहसमा कमी आउन सक्छ। आज तपाइलाई सन्तान सम्बन्धि समस्याले सताउने छ।
सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज हरकोहिको पूर्णविश्वास नगर्नु होला धोका हुन सक्छ। तपाईको मेहेनत र परिश्रमको कदर हुन सक्ने योग रहेको छ। आज रचनात्मक कार्यमा समय ब्यतित रहन सक्छ। तपाईको पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ। तपाईको कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ ।
कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज मान्यजनको सहयोग प्राप्त नहुनाले मनमा चञ्चलताको बास रहला। तपाईको पारीवारिक सम्बन्धमा सुधार आउने छ। आज कष्टकर यात्राको कारणले तपाईको शारीरिक आलस्यताले सताउन सक्छ। आज पठनपाठनको क्षेत्रमा भने त्यति राम्रो नरहला। तपाईले सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ। खानपानको क्षेत्रमा सजग रहनु होला ।
तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज यात्राकारक दिन रहेको छ। तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्न सक्छ। तपाईले गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला। आज अरुको बसमा गरिएको कार्यले तपाइको मनमा खिन्नता उत्पन्न हुने छ। तपाईको लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ। आज अगाडि सारेका व्यक्तिद्वारा सम्पादित कार्यहरु बिफल हुने योग रहेको छ ।
बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज शारीरिक अस्वस्थाका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ। तपाईको मान्यजनको सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुने छ। तपाईको मालसामानको क्षति व्यहोर्नु पर्ला सजग रहनु होला। तपाईले निरन्तर भइरहेका कार्यबाट विशेष लाभ लिन सकिने छ। आज अर्काको खुशीको लागि अनावश्यक परिश्रम खर्चिनु पर्ने छ ।
धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । तपाईको ब्यापार ब्यवसायको क्षेत्रमा मध्यम दिन रहेको छ। तपाईले कसैमाथी गरेको विश्वासमा विश्वसघात हुन सक्छ। आज अधिक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुन सक्छ। आज मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्ने देखिन्छ । नयाँ कार्यको थालनिले तपाईको मन प्रशन्न रहला ।
मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – तपाईका शुभ चिन्तक हरुको सङख्या बढ्नेछ भने शत्रुपक्ष कमजोर हुनाले बिघ्नबाधाहरु हट्ने छ। तपाईको स्वास्थ्य सम्बन्धि सामान्य असर भोग्नु पर्ला। आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुने छ। तपाईको टाढाको मित्रसँग अप्रत्यासित मिलन हुने छ। आज सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउने छ ।
कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज पारीवारिक झोर झमेलाले सताउन सक्छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता व्यहोर्नु पर्ला। साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ। आँट र शाहासको बृद्धि हुने छ। आज पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ। विशिष्ट ब्यत्तिहरुको सहयोगमा नयाँकार्य थालनिका अवसरहरु प्राप्त हुने छ ।
मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज परिश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुने योग रहेको छ। आज प्रतिष्ठित ब्यक्तिहरुको सहयोग प्राप्त हुनाले तपाईको मन प्रशन्न रहेतापनि अरुको अनुशरण गर्दा प्रिय ब्यक्तिहरु टाढिन सक्ने सम्भाबना रहेको छ। तपाईको पारीवारिक सहयोगबाट कार्य सम्पादनमा मद्दत पूग्ने देखिन्छ। आज सामाजिक कार्यको क्षेत्रमा जुट्ने उत्तम समय रहेको छ।

















