News Portal

आज चैत्र-२९ गते बिहीबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

आजको राशिफल हेर्नुस्
२२३३ पटक

श्री शाके १९४६ विस २०८० चैत्र २९ गते बिहिबार इश्वी सन् २०२४ अप्रिल ११ तारीख चैत शुक्लपक्ष तृतीया तिथी भरुणी नक्षत्र पश्चात कृत्तिका नक्षत्र प्रीति योग गर करण चन्द्रमा मेष राशिमा पश्चात बृष राशिमा आनन्दादि योगमा पद्य योग कालयुक्त नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु गौरीव्रत मत्स्यजयन्ती मत्स्यनारायणमेला॥

  • ज्यो.पं सरोज घिमिरे

मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – नयाँ कार्य थालनिका निम्ति तपाईको आटँ र साहसको कमी आउने छ। आज तपाईको भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । आज मध्यान पश्चात ब्यक्तिव विकासमा जुट्ने समय रहेको छ। तपाईको कुलकुटुम्बहरुको सहयोग राम्रो प्राप्त हुने छ। आज खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने छ। विश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्ने छ ।

बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – तपाईको विश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्छ। शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा विशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेको छ। आज दाम्पत्य सुखमा कमी आउने छ। मान्यजनको साथ प्राप्त हुने छ। नयाँकार्यको थालनिका निम्ति समय उत्तम रहने छ। दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ ।

मिथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – ईज तपाईका मित्रजनको सहयोगबाट कार्य सम्पादनमा मदत पुग्ने छ। नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्ने छ। मध्यान पश्चात कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ। आज दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ। तपाईको परीवारका सदस्यहरुबाट टाढा भएको महसुस हुने छ। सामान्य आर्थिक अभावको सामना हुन सक्ने छ।

कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – सभासम्मेलनमा सरिक हुने अवसर प्राप्त हुने छ। बिद्यार्थी वर्गका निम्ति समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रमको कदर हुन सक्ने योग रहेको छ। तपाईको रचनात्मक कार्यमा समय ब्यतित रहने छ। मान्यजनहरुको सहयोगमा आर्थिक क्षेत्र दिर्घकालिन तुल्याउन सकिने छ। आज तपाईका पुराना मित्रजनहरु सगँको भेटघाटले तपाईको मन हर्षित रहने छ ।

सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज गैर विस्वसिनय ब्यत्तिहरु सगँको संगतले अपजसको सामना गर्नु पर्ला। तपाईको यात्रा कारक समय रहेको छ। आज तपाईको पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भावना रहेको छ। आज मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहने छ। सभासम्मेलन जन्यकार्यमा सहभागिता जनाउने अवसर प्राप्त रहने छ। आज तपाईले सवारी साधनको प्रयोगमा साबधान रहनु होला ।

कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज तपाईका ईष्ट-मित्र बिच सामान्य बादबिवादको योग रहेको छ। तपाईको स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्ने छ। मध्यान पश्चात मित्र तथा दाजु-भाई बिचको सम्बन्धमा सुधार आउने छ। तपाईले गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ। आज तपाईद्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तिहरुले प्राप्त हुने छ। तपाईका सामान्य यात्राकारक दिन रहने छ।

तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज भोग बिलासको क्षेत्रमा समय ब्यतित हुने छ। मनोबिलासिताका सामान खरीद योग रहेको छ। आज कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला। मध्यान पश्चात खानपानमा विशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्तिबाट बच्नु होला। आज तपाईको सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला। तपाईको आम्दानी मध्यम रहने छ।

बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज सामान्य खर्च हुने योग रहेको छ। यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ। तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्ने योग रहेको छ। मध्यान पश्चात जीवन साथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्ने छ। नयाँकार्यको थालनिका निम्ति समय उत्तम रहने छ। दाम्पत्य सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ।

धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज तपाईको सामान्य चुनौति पश्चात आम्दानि उत्तम रहेको छ। आज अरुको सहयोगबाट बिग्रन लागेको काम बन्ने छ। सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला। मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिस्पर्धामा पराजयको सामना गर्नु पर्ने छ। मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ। 

मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – तपाईले सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले तपाईको मनमा सामान्य खिन्नता बोध हुने छ। निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ। मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुने छ। रचनात्मक कार्यमा समय ब्यतित रहने छ। मान्यजनहरुको सहयोगमा आर्थिक क्षेत्र दिर्घकालिन तुल्याउन सकिने छ।

कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज मित्रजनको सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ। तपाईको साझेदारी कामको क्षेत्रबाट आम्दानि उत्तम रहने छ। मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन। भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ। नयाँकार्यको थालनिका निम्ति समय उत्तम रहने छ।

मीन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज अरुको दबाबको कारण तपाईलाई मानसिक समस्या आई पर्न सक्छ। बाणीमा मधुरता छाउने छ। पठनपाठनमा भने समय राम्रो रहेको छ। मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला। परीश्रमको राम्रो प्रतिफल प्राप्त होला । बल तथा पराक्रममा बृद्धि हुने छ। मिनजनहरुको सहयोमा जटिल कार्यहरु सम्पादित रहने योग रहेको छ ।

प्रतिकृया दिनुहोस्

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...

आज २०८३ साल वैशाख १ गतेको राशिफल

आज वैशाख १, २०८३ ( अप्रिल १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...