News Portal

  • आज चैत्र-२८ गते बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    आजको राशिफल हेर्नुस्
    १३९४ पटक

    श्री शाके १९४६ विस २०८० चैत्र २८ गते बुधबार इश्वी सन् २०२४ अप्रिल १० तारीख चैत शुक्लपक्ष द्वितिया तिथी अश्विनी नक्षत्र पश्चात भरुणी नक्षत्र विष्कुम्भ योग वालव करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा मृत्यु योग कालयुक्त नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु॥

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईका शुभचिन्तकहरुको सहयोग प्राप्त हुनाले तपाईले गरेका कार्य सहज बन्ने छ। आज तपाईले पारीवारिक कलहको सामना गर्नु पर्ला। तपाईले सवारी साधनको प्रयोमा विशेष साबधानी अपनाउनु पर्ने समय रहेको छ। तपाईका सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु पर्ने सम्भावना रहेको छ। तपाईका नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमी आउने छ।

    बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – तपाईका जीवन साथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहने देखिन्छ। तपाईका अनावश्यक खर्च तथा लगानिका क्षेत्रमा सजग रहनु पर्ने योग रहेको छ। नजिकका मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्ने छ। तपाईका स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्ने छ। तपाईले आज गैर ब्यक्तिको पूर्ण विश्वास नगर्नु होला। 

    मिथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – तपाईका प्रतिस्पर्धीहरु कमजोर हुनाले तपाईका आर्यआर्जनमा विशेष फाईदा हुने देखिन्छ। तपाईका नयाँकार्यको प्रारम्भले तपाईका मन प्रशन्न सहने छ। तपाईको शारीरिक आलस्यताले अध्ययन अध्यापनको क्षेत्रमा प्रभाव पार्ने समय रहेको छ। आज तपाईका शत्रु परास्त्र हुने छन्। तपाईका शुभ चिन्तकको बृद्धि हुने देखिन्छ। तपाउका यात्राका निम्ति सामान्य खर्च गर्नु पर्ने देखिन्छ ।

    कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज तपाइका मित्रजनको सहयोगबाट तपाईका कार्य सम्पादनमा धेरै मद्धत पुग्ने देखिन्छ। तपाईका शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फस्ने सम्भावना रहेको छ। तपाईका पारीवारिक सहयोगबाट भने तपाईका अधुराकार्य सम्पादनमा सहयोग मिल्ने देखिन्छ। आज सभासम्मेलन जन्यकार्यमा सरीक हुन सक्ने छ। तपाईले सामाजिक कार्यमा सहभागिता जनाउने समय रहेको छ ।

    सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज तपाईका मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भावना रहेको छ। तपाईका प्रत्येक कार्यमा तपाईको अग्रसरतको आवश्यक रहने समय रहेको छ। तपाईका पारिवारीक झोर झमेलाको सम्भाबना रहेको छ । तपाईका स्मरणीय यात्राको सम्भाबना रहेको छ । आज यात्राका निम्ति सामान्य खर्च गर्नु पर्ने देखिन्छ। तपाईका प्रतिस्पर्धीहरु कमजोर हुनाले तपाईका आर्यआर्जनमा विशेष फाईदा हुने योग छ ।

    कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज तपाईले खान पानको क्षेत्रमा सजग रहनु उत्तम हुने छ। तपाईलाई सामान्य चोट पटकको सम्भाबना रहेता पनि मित्रजनहरुको सहयोगद्वारा तपाईका ब्यत्तित्व विकासमा सहयोग मिल्ने देखिन्छ । तपाईका कुल कुटुम्बहरुको सहयोगमा तपाईका आम्दानी क्षेत्रमा बृद्धि हुने देखिन्छ। तपाईलाई सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ सजग रहनु होला ।

    तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज तपाईका भौतिक श्रोत साधनको प्रयोगका निम्ति तपाईको सामान्य खर्च गर्नु पर्ने देखिन्छ। तपाईका प्रेम सम्बन्धमा सुधार आउने छ।  जीवन साथीको सहयोमा तपाईको कार्य सम्पादनमा मद्धत मिल्ने देखिन्छ। तपाईको मान्यजनको सहयोगको कमी महसुस हुने छ। तपाईका नयाँ कार्यको थालनिले तपाईको मनमा हर्ष पैदा हुने छ। तपाईको पुरानो लगानी उठाउने राम्रो समय रहेको छ ।

    बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – तपाईको स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्ने छ। तपाईको मनमा उत्पन्न कार्य क्षेत्रको डरले तपाईका कार्य सम्पादनमा ढिलाईको सामना गनुपर्नेछ। तपाईको यात्राका निम्ति सामान्य खर्च गर्नु पर्ने छ। आज गैर ब्यक्तिको पूर्णविश्वास नगरेको  राम्रो हुने छ। आज खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला। तपाईले मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्ने छ ।

    धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहने छ। तपाईको पारिवारीक मनोरञ्जका निम्ति सामान्य खर्च हुने देखिन्छ। तपाईको बौद्धिक ब्यक्तित्व सगँको भेटघाटको अवसर जुट्ने सम्भावना रहेको छ। तपाईको सामान्य संधर्ष पश्चात तपाइलाई मनग्य आम्दानिका श्रोतहरु फेला पर्ने देखिन्छ। आज तपाईको ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ। तपाईको कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्छ ।

    मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज तपाईले नयाँ कार्यको थालनिले तपाईको मनमा हर्ष पैदा हुने छ। तपाईका भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ। आज तपाईको पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ। तपाईको ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ। आज सामाजिक कार्यमा सहभागिता जनाउने समय रहेको छ।

    कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज तपाईको निर्णय गर्ने क्षमतामा कमी आउने छ। नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउने छ। तपाईको शुभचिन्तकहरुको सहयोग प्राप्त हुनाले कार्य सहज बन्ने देखिन्छ। आज सामान्य खर्च भएता पनि तपाईको मनमा चिन्ता भने रहने छैन। आज  आफन्तजन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेको छ। नजिकका ब्यक्तिबाट विश्वासघात हुन सक्छ ।

    मीन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज तपाईलाई सामान्य चोटपटकको सिकार हुन सक्छ सजग रहनु होला। तपाईको मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ। तपाईको बिद्या प्राप्ति योग रहेको छ। आज तपाईलाई सन्तान सम्बन्धि समस्याले सताउने छ। तपाईले गैर ब्यक्तिको पूर्णविश्वास नगर्नु राम्रो हुने छ। तपाईले मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्ने सम्भावना रहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनआरएनएमा ऐतिहासिक एकता, प्रधानमन्त्रीको रोहवरमा सहमति दस्तावेज हस्ताक्षर

    काठमाडौं, मंसिर १२ – गैरआवासीय नेपाली संघ (एनआरएनए)मा लामो समयदेखि चुलिँदै आएको विवाद अन्त्य हुँदै...

    कुलमान घिसिङको नेतृत्वमा उज्यालो नेपाल पार्टी मंसिर १७ मा औपचारिक घोषणा

    काठमाडौं, मंसिर १२ — कुलमान घिसिङ संरक्षक रहेको नयाँ राजनीतिक दल, उज्यालो नेपाल पार्टी, मंसिर...

    काठमाडौँ महानगरले अतिक्रमित संरचना डोजरले भत्कायो

    काठमाडौँ, मंसिर १२ — काठमाडौँ महानगरपालिकाले वडा नं. १०, देवीनगरमा सार्वजनिक जग्गामा बनेका अतिक्रमित संरचना...

    धनगढीमा नेकपाको एकता सन्देश जुलुस सुरु

    धनगढी, मंसिर १२ – नेपाल कम्युनिस्ट पार्टीले धनगढीमा एकता सन्देश लिएर अगाडि बढेको जुलुस सुरु गरेको...

    काठमाडौंमा राप्रपाको मंसिर २३ को प्रदर्शन तयारी

    काठमाडौं, मंसिर १२ – राप्रपाले मंसिर २३ गते राजधानीमा ठूलो प्रदर्शन गर्ने तयारी गरेको छ। पार्टीको...