News Portal

भारतलगायत ८ देशलाई इरानसँग तेल किन्न छुट

७९९ पटक

वासिङटन  : अमेरिकाले भारत, चीन, जापानसहित आठ देशलाई इरानसँग पेट्रोलियम पदार्थ किन्न प्रतिबन्ध नलगाउने भएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले सोमवार यस्तो जानकारी दिएका छन् ।

अमेरिकाले इरानसँगको परमाणु सम्झौताबाट अलग भएपछि ऊविरुद्ध कडा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । अमेरिकाले इरानमाथि पेट्रोलियम पदार्थ निर्यात र आर्थिक नाकाबन्दीलाई जोड दिएको थियो । अमेरिकी समयअनुसार नोभेम्बर ४ तारिखदेखि यस्तो प्रतिबन्ध लगाउने अमेरिकाले घोषणा गरेको थियो । ती आठ देशले इरानबाट आयात गर्दै आएको तेलको परिमाणमा कटौती गरेको भन्दै यस्तो छुट दिएको अमेरिकी दाबी छ ।

पोम्पिओले भारत, चीन, जापान, इटाली, ग्रिस, दक्षिण कोरिया, ताइवान र टर्कीलाई इरानबाट पेट्रोलियम पदार्थ आयात गर्न प्रतिबन्ध नलगाइने स्पष्ट पारेका छन् । यी आठबाहेकका अन्य देशलाई भने यस्तो कुनै छुट नहुने अमेरिकाले स्पष्ट पारेको छ । यसबाट इरानमाथिको नाकाबन्दीलाई खुकुलो बनाउन खोजेको नबुझ्न पनि पोम्पिओले बताएका छन् । हाल लगाइएको प्रतिबन्ध निकै कडा भएको पनि अमेरिकाले बताएको छ । अमेरिकी प्रतिबन्धअन्तर्गत बैंक र ऊर्जा क्षेत्र पनि सामेल छन् । ती देशबाहेकका युरोप र एशिया देशमा कडा जरिवाना पनि गरिने अमेरिकाले चेतावनी दिएको छ ।

यसअघि भारतले इरानबाट तेल आयात पूरै रोक्नुपर्ने अमेरिकी चाहना थियो । भारतले भने आफूले इरानबाट तेल आयात गर्ने बताउँदै आएको थियो । रूससँग हतियार किनेलगत्तै अमेरिकाले भारतलाई इरानसँग पेट्रोल खरिद रोक्न चेतावनी दिएको थियो । अन्यथा यसबाट भारत अप्ठेरोमा पर्ने उसको भनाइ थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तेल खरिद गर्न छोडी साउदी अरेबियासँग किन्न दबाब दिएका थिए । भारतलाई आवश्यक तेल साउदीले उत्पादन गर्नुपर्ने उनको माग थियो । ट्रम्पले यस विषयमा साउदीका शेखसँग पनि वार्ता गरेका थिए । इरानले पनि भारतलाई कुनै हालतमा तेल आपूर्ति गर्ने बताउँदै आएको थियो ।

भारत संसारमा कच्चा पेट्रोलियम पदार्थ उपभोग गर्ने तेस्रो ठूलो मुलुक हो । उसले आफूलाई आवश्यक ८० पेट्रोलियम पदार्थ आयात गर्ने गरेको छ । भारतले इरान, इराक र साउदीबाट पेट्रोलियम पदार्थ आयात गर्छ । यसैगरी चीन इरानबाट तेल आयात गर्ने दोस्रो मुलुक हो । इरान पेट्रोलियम पदार्थ उत्पादक देशहरूको संगठन (ओपेक)को तेस्रो देश हो । इरानले भारतलाई अन्य देशको तुलनामा प्रतिब्यारल चार डलर सस्तोमा उपलब्ध गराउँदै आएको छ । इरानका सरकारी पेट्रोलियम पदार्थ उत्पादक कम्पनीले भारतलाई ढुवानी खर्च पनि दिने गरेका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...