News Portal

भारतलगायत ८ देशलाई इरानसँग तेल किन्न छुट

७४१ पटक

वासिङटन  : अमेरिकाले भारत, चीन, जापानसहित आठ देशलाई इरानसँग पेट्रोलियम पदार्थ किन्न प्रतिबन्ध नलगाउने भएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले सोमवार यस्तो जानकारी दिएका छन् ।

अमेरिकाले इरानसँगको परमाणु सम्झौताबाट अलग भएपछि ऊविरुद्ध कडा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । अमेरिकाले इरानमाथि पेट्रोलियम पदार्थ निर्यात र आर्थिक नाकाबन्दीलाई जोड दिएको थियो । अमेरिकी समयअनुसार नोभेम्बर ४ तारिखदेखि यस्तो प्रतिबन्ध लगाउने अमेरिकाले घोषणा गरेको थियो । ती आठ देशले इरानबाट आयात गर्दै आएको तेलको परिमाणमा कटौती गरेको भन्दै यस्तो छुट दिएको अमेरिकी दाबी छ ।

पोम्पिओले भारत, चीन, जापान, इटाली, ग्रिस, दक्षिण कोरिया, ताइवान र टर्कीलाई इरानबाट पेट्रोलियम पदार्थ आयात गर्न प्रतिबन्ध नलगाइने स्पष्ट पारेका छन् । यी आठबाहेकका अन्य देशलाई भने यस्तो कुनै छुट नहुने अमेरिकाले स्पष्ट पारेको छ । यसबाट इरानमाथिको नाकाबन्दीलाई खुकुलो बनाउन खोजेको नबुझ्न पनि पोम्पिओले बताएका छन् । हाल लगाइएको प्रतिबन्ध निकै कडा भएको पनि अमेरिकाले बताएको छ । अमेरिकी प्रतिबन्धअन्तर्गत बैंक र ऊर्जा क्षेत्र पनि सामेल छन् । ती देशबाहेकका युरोप र एशिया देशमा कडा जरिवाना पनि गरिने अमेरिकाले चेतावनी दिएको छ ।

यसअघि भारतले इरानबाट तेल आयात पूरै रोक्नुपर्ने अमेरिकी चाहना थियो । भारतले भने आफूले इरानबाट तेल आयात गर्ने बताउँदै आएको थियो । रूससँग हतियार किनेलगत्तै अमेरिकाले भारतलाई इरानसँग पेट्रोल खरिद रोक्न चेतावनी दिएको थियो । अन्यथा यसबाट भारत अप्ठेरोमा पर्ने उसको भनाइ थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तेल खरिद गर्न छोडी साउदी अरेबियासँग किन्न दबाब दिएका थिए । भारतलाई आवश्यक तेल साउदीले उत्पादन गर्नुपर्ने उनको माग थियो । ट्रम्पले यस विषयमा साउदीका शेखसँग पनि वार्ता गरेका थिए । इरानले पनि भारतलाई कुनै हालतमा तेल आपूर्ति गर्ने बताउँदै आएको थियो ।

भारत संसारमा कच्चा पेट्रोलियम पदार्थ उपभोग गर्ने तेस्रो ठूलो मुलुक हो । उसले आफूलाई आवश्यक ८० पेट्रोलियम पदार्थ आयात गर्ने गरेको छ । भारतले इरान, इराक र साउदीबाट पेट्रोलियम पदार्थ आयात गर्छ । यसैगरी चीन इरानबाट तेल आयात गर्ने दोस्रो मुलुक हो । इरान पेट्रोलियम पदार्थ उत्पादक देशहरूको संगठन (ओपेक)को तेस्रो देश हो । इरानले भारतलाई अन्य देशको तुलनामा प्रतिब्यारल चार डलर सस्तोमा उपलब्ध गराउँदै आएको छ । इरानका सरकारी पेट्रोलियम पदार्थ उत्पादक कम्पनीले भारतलाई ढुवानी खर्च पनि दिने गरेका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...