News Portal

सर्वोच्चको फैसलाले एनआरएनएमा कतै उत्साह, कतै संशय !

हिमालीसंचार संवाददाता
२५९ पटक
२०८० चैत २२ गते शनिबार

काठमाडौं। सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) दुई महाधिवेशन र चुनिएको कार्यसमितिलाई अमान्य ठहर गरेपछि यसको पक्ष र विपक्षमा प्रतिक्रियाहरु आएका छन्।

सर्वोच्चले एनआरएनएको विवाद समाधानका लागि गठित शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई ६ महिनाभित्र महाधिवेशन गर्न आदेश दिएपछि एनआरएनए अभियन्ताहरुले मिश्रित प्रतिक्रिया दिएका छन्।

कसैले अब एनआरएनएभित्र एकताको वातावरण बन्ने आशा राखेका छन् भने कसैले यो फैसलाले विवाद समाधान नहुने जिकिर गरेका छन्। सर्वोच्चले बुधबार गरेको फैसला एनआरएनएको २०७८ चैत ८ देखि ११ गतेसम्म सञ्चालित महाधिवेशनसँग सम्बन्धित छ।

त्यतिबेला भएको दशौं महाधिवेशनले महाधिवेशनले कुल आचार्य, रविना थापा र बद्री केसी एक–एक वर्ष अध्यक्ष रहने घोषणा भएको थियो तर, असन्तुष्ट समूहले विनोद कुँवरको अध्यक्षतामा रहेको अर्को समिति घोषणा गरेको थियो। विनोद कुँवर पक्षले परारष्ट्र मन्त्रालयले आचार्य, थापा र केसी पक्षलाई मान्यता दिएको भन्दै सर्वोच्चमा रिट दायर गरेको थियो।

सर्वोच्चमा मुद्दा चलिरहेकैबेला गत कात्तिकमा भएको महाधिवेशनले बद्री केसी र आरके शर्माको अध्यक्षतामा समितिहरु बनेका थिए। तर यी सबै समिति अवैध भए र अब शेष घले नेतृत्वको उच्चस्तरीय समितिले ६ महिनाभित्र महाधिवेशन गराउनुपर्नेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...