News Portal

आज चैत्र-१९ सोमबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

आजको राशिफल हेर्नुस्
२१६९ पटक

श्री शाके १९४५ विस २०८० चैत्र १९ गते सोमबार इश्वी सन् २०२४ अप्रिल १ तारीख चैत्र कृष्णपक्ष सप्तमी तिथी मूल नक्षत्र वरियान योग वव करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा लुम्ब योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु अष्टमीव्रत दु दू च्या च्या विश्व मुर्खदिवस॥

-ज्यो.पं सरोज घिमिरे

मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईका नयाँ मित्रहरु सगँको भेटघाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ। अचल सम्पतिमा केही ह्रास आउनाले तपाईका कामको क्षेत्रमा समान्य ढिलाई हुन सक्छ। आज तपाईका मान्यजनको साथ छुट्नाले तपाईको मनमा सामान्य चिन्ता हुने योग रहेको छ। तपाईले परिवारको मार्गदशर्न नमान्दा तपाईले गरेका कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ।

बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ। तपाईको नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ। तपाईका कुनै पनि निर्णय हतासमा नगरैकै राम्रो हुने छ। तपाईका दाजुभाई बिच मनमुटाव उत्पन्न हुन सक्छ। तपाईले आज कामको क्षेत्रबाट सामान्य झन्जट ब्यहोर्ने योग रहेको छ। आज तपाईका केही महत्वपूर्ण मालसामान हराउने योग रहेको छ ।

मिथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज तपाईका जीवन साथीको सहयोगले गरिएको ब्यापार ब्यवसायमा मनग्य लाभ मिल्ने योग रहेको छ। तपाईका बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ। तपाईका मान्यजनको सहयोगद्वारा गरीएका कार्यहरु सजिलै पुर्ण हुनेछन। तपाईका बोलिको प्रभावका कारण मान्यजनको साथ पाईने छ। तपाईका कार्य सम्पादनका क्षेत्रमा सावधानी साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज तपाईका शुभ चिन्तकको बृद्धि हुनाले मनमा उत्साह बढ्ने छ । तपाईले परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ। आज अरुको पुर्ण विश्वास गर्नाले तपाईलाई आघात पुग्न सक्छ। आज संचित रकम खर्चको योग रहेको छ। नयाँ कामको थालनी नगरेकै राम्रो हुने छ। आज कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला ।

सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज तपाईले आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन। बौद्धिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्ने देखिन्छ । आज मातृ पक्षको स्वास्थ्यमा देखापरेको असरले सामान्य तपाईका मनमा समस्या पैदा गर्न सक्नेछ । तपाईले गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ। आज ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ ।

कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – तपाईका सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले तपाईका मन उत्साहित रहनेछ । तपाईका पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला। तपाईका कार्य क्षेत्रमा लगाईको श्रमको उचित मुल्यांकन हुनेछ । तपाईका मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने योग रहेको छ। तपाईले गरीरहेका कार्य सम्पादनमा निकै संघर्ष गर्नु पर्नेछ ।

तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज तपाईको आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला। तपाईका प्रतिपक्षी सबल रहनाले तपाईलाई आफ्नो कमजोरीको महसुस हुनेछ। तपाईको मनोरञ्जन पुर्ण यात्राको योग रहेको छ। तपाईले हतासमा गरीएको कार्यले झन्झट दिलाउला। तपाईका पारीवारिक सम्बन्धमा सुधार आउने छ। तपाईको सामान्य यात्रा हुन सक्छ। आज भोगबिलासमा समय ब्यतित हुनेछ ।

बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – स्वास्थ्यमा आएको खराबीले कार्यमा ढिलाई उत्पन्न गराउने छ। तपाईका सन्तान सम्बन्धी समस्याले सताउन सक्छ। आज अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ। मनोबिलासिताका सामान खरीद योग रहेको छ। दम्पति बिच सामान्य मनमुटाब हुन सक्छ। बाणी तथा स्वास्थ्य क्षेत्रमा ध्यान दिएको राम्रो हुने छ। 

धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज जीवन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ। तपाईका जिद्धि स्वभाब तथा अरुले देखाएको बाटो अनुशरण नगर्नाले सामान्य दुर्घटना हुन सक्छ। तपाईले आड सबारी साधनको प्रयोगमा ध्यान दिनु होला। तपाईका सहि निर्णय हुन नसक्दा परिवारिक कलहको सामाना गर्नु पर्ला। आज व्यपार  ब्यवसायमा समय खर्चिदा उत्तम रहनेछ ।

मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज तपाई आफ्नो प्रिय ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला। अन्य ब्यक्तिको विश्वास गर्ने बानिमा सुधार ल्याउनु पर्ने छ। तपाईका लापरबाहले धनमालमा सामान्य क्षति हुने सम्भाबना रहेको छ। मनोबिलासिताका सामान खरीद योग रहेको छ। मान्यजनको सहयोगबाट बिग्रन लागेको काम बन्ने छ।

कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज तपाईको आम्दानी बृद्धिका लागि विभोध ब्यक्तित्वहरुको मार्गदर्शन अबलम्बन गर्नु लाभदाइक रहन सक्छ । तपाईका मित्र जनक सहयोगबाट तपाईका मन प्रशन्न रहन्छ। तपाईका बोलिको प्रभावका कारण साथीभाई टाढिन सक्छन। आज आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेको छ। मानसिक तनावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्ने छ।

मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – तपाईका स्वास्थ्य सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न हुन सक्छ। तपाईले परिस्थिति सगँ जुध्ने सक्ने क्षमतामा बृद्धि हुनाले तपाईका कार्य सफल रहने छ। तपाईलाई परिवारको सहयोगले तपाईका बौद्धिक तथा आर्थिक विकासको बाटो फेला पर्ने छ । तपाईको मेहनतको राम्रो फल प्राप्त हुने देखिन्छ। आज ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...