News Portal

कांग्रेसको उपसभापतिमा गच्छदार मनोनित

हिमाली संचार संवाददाता
५५३ पटक

कात्तिक २०, काठमाडौं : मंगलबार बसेको कार्यसमिति बैठकले लोकतान्त्रिक फोरमबाट एकताबाट आएका विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेको छ । बैठकले गच्छदारलार्इ उपसभापतिमा मनोनित गर्दै तत्कालीन लोकतान्त्रिक फोरम नेपाल र कांग्रेस अाैपचारिक रूपमा एकता भएको घोषणा गरेको छ ।

कांग्रेस सभापति देउवाले महाधिवेशन सकिएको लामो समय बितिसक्दा पनि पदाधिकारीलाई पूर्णता नदिएको आरोप खेपिरहेका बेला मंगलबार गच्छदारलाई उपसभापति बनाएका हुन् । चुनावको मुखमा लोकतान्त्रिक फोरमलाई आफ्नो मातृपार्टी नेपाली कांग्रेसमा मिसाए पनि गच्छदार अहिलेसम्म जिम्मेवारीविहीन थिए ।

पार्टी एकीकरणका बेला सभापति शेरबहादुर देउवाले गच्छदारलाई उपसभापति बनाउने आश्वासन दिएको चर्चा चलेको थियो । यसवीचमा खुमबहादुर खड्का पनि उपसभापतिका दाबेदार थिए । यसैवीच गत चैत्रमा खड्काको निधन भएपछि देउवाले गच्छदारलाई उपसभापति बनाउन सहज भएको कांग्रेस नेताहरु बताउँछन् ।

पार्टीले गच्छदारलाई ढीलो गरी उपसभापतिको जिम्मेवारी दिए पनि लोकतान्त्रिक फोरमबाट कांग्रेसमा प्रवेश गरेका धेरै नेता-कार्यकर्ताहरु अहिलेसम्म जिम्मेवारीविहीन बनिरहेका छन् ।

जिल्लागत रूपमा पार्टी संगठन र भातृ संगठनको एकताका लागि पार्टी उपसभापति विमलेन्द्र निधिको संयोकत्वमा समिति गठन गरिएको कांग्रेसले जानकारी दिएको छ । समितिले अागामी कार्य समिति बैठकमा पार्टी एकतासम्बन्धी विधि तय गरेर प्रतिवेदन पेश गर्ने छ ।

यसैवीच, गच्छदारलाई उपसभापति बनाइएकोमा नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले असन्तुष्टि प्रकट गरेको छ । गच्छदारको नियुक्ति विधि र प्रक्रिया मिचेर गरिएको पौडेल समूहको आरोप छ ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...