News Portal

आज चैत्र-१८ आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

आजको राशिफल हेर्नुस्
१७१० पटक

श्री शाके १९४५ विस २०८० चैत्र १८ गते आइतबार इश्वी सन् २०२४ मार्च ३१ तारिख चैत्र कृष्णपक्ष षष्ठी तिथी ज्येष्ठा नक्षत्र व्यतिपात योग वणिज करण चन्द्रमा वृश्चिक राशिमा आनन्दादि योगमा काण योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु॥

– ज्यो.पं सरोज घिमिरे

मेष राशिः चु, चे,चो, ला, लि, लु, ले, लो, अ – तपाईको बाणीका कारण आफन्तजन सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुने छ। आज गैर ब्यक्तिको विश्वासमा गरिएका कार्यमा सजग रहनु होला। आज सामान्य अपजसको सम्भावना रहेको छ। खानपानमा विशेष साबधानी अपनाउनु होला। आज तपाईको सामान्य कार्य सम्पादनमा अधिक परिश्रम गर्नु पर्ने योग रहेको छ ।

बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज तपाईको जीवन साथिको सहयोगमा गरिएका कार्यबाट मनग्य लाभ प्राप्त हुन सक्ने योग रहेको छ। तपाईको व्यापार व्यवसायमा भने सामान्य ढिलाईको सम्भावना रहेको छ। आज कुलकुटुम्बहरुको  सहयोगमा कमी आउन सक्छ। तपाईका नयाँ काम प्रारम्भ हुन सक्ने देखिन्छ। 

मीथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज तपाईका प्रतिस्पर्धीहरुको बृद्धि हुनाले तपाईका कार्य सम्पादनमा तपाईले विशेष ध्यान पुऱ्याउनु होला। आज तपाईले साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको उत्तम हुने छ। आज तपाईका शारीरिक अस्वस्थ्यको  रहन सक्छ। आज आकस्मिक खर्चको सामना गर्नु पर्ने छ। तपाईका आय आर्जनका लागि भने समय उत्तम रहेको छ।

कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज तपाईले अरुको कार्य लापरबाहीको प्रतिफल तपाईलाई  अपजस आईपर्न सक्ने छ। आज साजेदारी ब्यवसायमा मनग्य लाभ मिल्ने योग रहेको छ। आज गैर ब्यक्तिको पुर्ण विश्वास गर्नाले धोका हुन सक्छ। आज तपाई कुराकाट्ने ब्यतिहरुबाट बच्नुनुस्। आज तपाईका आय आर्जनका लागि भने समय उत्तम रहेको छ । तपाईको अध्ययन अध्यापनमा खर्चिएको समय उत्तम रहने छ।

सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज तपाईका पारीवारिक सहयोमा गरिएका कार्यहरु दीर्घकालिन फाईदाका श्रोत साबित हुन सक्छ। आज पति पत्नि बिचको सम्बन्धमा सामान्य खटपट रहने सम्भाबना रहेको छ। तपाईका कार्यक्षेत्रको लगनसिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ। आज तपाईका भौतिक श्रोतसाधनको प्रयोगमा विशेष साबधानी अपनाउनु होला ।

कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सुधार आउने योग रहेको छ। तपाईका शुभचिन्तकहरुको सहयोग प्राप्त हुनाले कार्य सहज बन्ने देखिन्छ। आज सामान्य कार्य सम्पादनमा अधिक परिश्रम गर्नु पर्ने देखिन्छ। तपाईका मित्रहरुको सहयोग प्राप्त हुने छ। आज यात्राका क्रममा विभिन्न झमेलाहरुको सामना गर्नु पर्ने देखिन्छ ।

तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज कुलकुटुम्बहरुको सहयोगमा कमी आएको महसुस हुनेछ। तपाईको बौद्धिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ। आज तपाईको खानपानका कारण स्वास्थ्यमा सामान्य खराबी देखा पर्न सक्छ । आज मित्रजनको सहयोगमा कमी महसूस हुन सक्छ । तपाईको अध्ययन अध्यापनका क्षेत्रमा त्यती मन जाने छैन ।

बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज तपाईको पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ। आज तपाईको ब्यापार ब्यवसायको साजेदारीमा राम्रो समय छैन। तपाईका कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धि हुने योग रहेको छ। आज तपाई खानपानमा सजग रहनु होला । नयाँ कार्यको थालनी गर्न उत्तम समय रहेको छ।

धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज मानसिक चञ्चलताका कारण मित्रजन सगँको सम्बन्धमा फाटो आई पर्न सक्छ। तपाईको जीवन साथीको सहयोमा गरिएका ब्यापार ब्यवसायमा लाभ प्राप्त हुने देखिन्छ। आज नयाँ लगानी तथा साजेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहेको छ । प्रतिपक्षीहरु शुभ चिन्तकका रुपमा परिणत हुने देखिन्छ ।

मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज तपाईको अध्ययन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहने योग रहेको छ। प्रतिपक्षी तथा प्रतिस्पर्धीहरुको बृद्धि हुने योग रहेको छ। नयाँ कामको प्रारम्भ गर्नका लागि आज तपाईलाई समयले साथ दिएको छ। आज तपाईले साजेदारी काममा भने सजग रहनु होला। तपाईका मान्यजनको सहयोगद्वारा भाग्योदयको योग रहेको छ ।

कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज तपाईको मानसिक चञ्चलताका कारण तपाईका कार्य क्षेत्रमा तनाबको सामना गर्नु पर्ने छ । तपाईका सामान्य कार्य सम्पादनमा अधिक परिश्रमको सम्भाबना रहेको छ। तपाईका पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने देखिन्छ।  तपाईका सन्तान सम्बन्धी समस्याले सताउन सक्ने छ । तपाईका कार्य धैर्यताका कारण आज तपाईका पद प्रतिष्ठामा बृद्धि हुने योग रहेको छ ।

मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज तपाईका सामान्य यात्रा पश्चात तपाईको मान सम्मानको प्राप्ति हुन सक्ने देखिन्छ। तपाईका मान्यजनको सहयोगद्वारा भाग्योदयको योग रहेको छ। तपाईका मित्रजनको अति सामीप्यतामा अहित हुन सक्छ । तपाईका पारीवारिक सम्बन्धमा भने सामान्य समस्या उत्पन हुने योग रहेको छ। आज तपाईले  साझेदारी कार्यको क्षेत्रमा सजक रहनु होला।

 

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...