News Portal

किन विवादमा पर्यो प्रहरीको एसपी बढुवा सिफारिस ?

हिमालीसंचार संवाददाता
३१४ पटक
१६ चैत्र २०८० शुक्रबार

काठमाडौं। नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा परेको छ।

बढुवा सिफारिसमा एक नम्बरमा रहेका डिएसपीलाई छुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पूर्वपिएसओ रहेका डिएसपीहरूलाई प्राथमिकतामा राखेपछि यो विषय विवादित बनेको हो।

प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले बुधबार बढुवा सिफारिस सूची सार्वजनिक गरेको थियो।

सिफारिस गरिएको सूचीको पहिलो नम्बरमा ढकेन्द्र खतिवडा, दोस्रोमा अंगुर जिसी, तेस्रोमा यादव ढकाल, चौथोमा सन्तोष तामाङ, पाँचौमा श्यामबाबु ओलिया, छैटौंमा निरन्जनदत्त भट्ट, सातौंमा राजन लिम्बू र आठौँमा विनोद घिमिरे रहेका छन्।

२०७२ साउन १ गते प्रहरी निरीक्षकबाट डिएसपी बढुवा हुँदा पहिलो नम्बरमा प्रदीपबहादुर क्षेत्री थिए। तर अहिले एसपीमा बढुवा सिफारिस गर्दा क्षेत्रीको नाम छुटाइएको छ भने आठौं, नवौं र १२औं नम्बरका पिएसओ भइसकेका अधिकृतहरू सिफारिसमा परेका छन्।

त्यस्तै छैटौं नम्बरका डिएसपी पनि छुटेका छन्। ८ दरबन्दीका लागि १२ जना डिएसपी प्रतिस्पर्धामा थिए। बढुवा सिफारिस समितिले प्रधानमन्त्री र एमाले अध्यक्षका पिएसओ भइसकेकालाई प्राथमिकता दिएपछि अहिले सामाजिक सञ्जाल र मिडियामा प्रश्न उठाइएको छ।

प्रहरी नियमावली २०७१ को नियम २७ को १ (ग) अनुसार प्रहरी उपरीक्षक (एसपी), प्रहरी नायब उपरीक्षक (डिएसपी) र प्रहरी निरीक्षक पदका लागि बढुवा समितिको अध्यक्ष प्रहरी महानिरीक्षक हुने व्यवस्था रहेको छ।

त्यस्तै गृह मन्त्रालयका सहसचिव सदस्य र महानिरीक्षकले तोकेका व्यक्ति सदस्य सचिव हुन्छन्। बढुवा समितिले गरेको सिफारिसमा चित्त नबुझेमा निर्णय भएको मितिले ७ दिनभित्र उजुरी दिन सकिने नियमावलीमा उल्लेख छ। अहिलेसम्म बढुवामा नपरेकाले उजुरी गर्ने नगर्ने स्पष्ट छैन।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...