News Portal

  • आज चैत्र-१३ गते मंगलबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    आजको राशिफल
    २४१० पटक

    श्री शाके १९४५ विस २०८० चैत्र १३ गते मंगलबार इश्वी सन् २०२४ मार्च २६ तारीख चैत कृष्णपक्ष प्रतिपदा तिथी हस्ता नक्षत्र धु्रव योग कौलव करण चन्द्रमा कन्या राशीमा आनन्दादि योगमा सोम्य योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋृतु वसन्तऋतुशुरु, तेललगाउने, आँपकोमुजुराखाने, नालामा मत्स्येन्द्रनाथस्नान नाला न्हव, चकयाःधूलया; गणगौरपूजाशुरु॥

     

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईको मनको चञ्चलताले तपाईका कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ। तपाईलो गरेका कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन। सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला। नजिकका ब्यक्तिबाट विश्वासघात हुन सक्छ। तपाईका कार्य क्षेत्रमा विशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भावना रहेको छ ।

    बृष राशिः  इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज तपाईलाई सन्तान सुख प्राप्त हुने योग रहेको छ । आज सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनी गर्न राम्रो समय रहेको छ । बौद्धिक क्षमतामा बृद्धि हुने छ । तपाईको मनमा चञ्चलताले बास गर्ने छ। तपाईको निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको विश्वास गर्नाले धोका हुन सक्छ । आज आम्दानि क्षेत्र सबल रहेता पनि तपाईको स्वास्थ्यमा सामान्य बाधा आई पर्न सक्छ। 

    मीथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज तपाईका प्रेम सम्बन्धमा सुधार आउने योग रहेको छ । तपाईका आम्दानि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई हुन सक्छ। आज सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ। आज खानपानको क्षेत्रमा सजग रहनु होला । तपाईको कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेको छ।

    कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज तपाईका यात्रा हुनसक्ने सम्भावना रहेको छ। तपाईका मित्र जनको सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ। आज तपाईको एक्लो निर्णयले दाजुभाई बिचमा मनमुटाव हुने देखिन्छ। आज तपाईको कार्य क्षेत्रमा मन लागेपनि सामान्य ट्रुटीले मानसिक चिन्ता रहने छ। तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्ने छ ।

    सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज तपाईको बोलिको प्रभावको कारणले तपाईको मान्यजनको सहयोग हुने छ। खानपानको कारण स्वास्थ्य सम्बन्धि सामान्य असर हुने छ। तपाईको मनमा सामान्य डर पैदा हुने साथै मनमा चञ्चलताले बास गर्ने छ । तपाईलाई मान्यजनको सहयोगले तपाईका आम्दानिका क्षेत्रमा सहयोग पुग्ने छ । मातृ पक्षको सहयोगले आज बौद्धिक विकासमा जुट्ने समय रहेको छ ।

    कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज तपाईको पारीवरिक सुख प्राप्त हुने योग रहेको छ । तपाईको निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । आज मनोरञ्जनका श्रोत्र र साधनका क्षेत्रमा सामान्य खर्च बढ्न सक्ने छ । आज तपाईका सामान्य यात्रा रहन सक्छ । तपाईका भौतिक सुख साधन प्राप्त हुनेछ । तपाईको शारीरिक आलस्यले सताउन सक्छ । तपाईको पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्धि हुने देखिन्छ ।

    तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज तपाईको खर्च बढ्ने सम्भावना रहेको छ । तपाईका कुराकाट्नेहरुको बृद्धि हुनेछ। आज परोपकारको क्षेत्रमा मन जानेछ। तपाईका नजिकका मित्रबाट धोका हुन सक्छ। प्रेमी प्रेमीका बिच सामान्य मनमुटाब रहन सक्छ । तपाईका ब्यापार ब्यवसायबाट राम्रो आम्दानि हुने योग रहेको छ। तपाईले कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा तपाईका मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

    बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – तपाईका बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आउन सक्छ। तपाईको बौद्धिक  ब्यक्तित्वहरुको सहयोगले तपाईका कार्य सम्पादनमा विशेष फाईदा हुने छ। आज तपाईलाई शारीरिक आलस्यले सताउन सक्छ। नयाँ कार्य क्षेत्रको लागि लगानि गर्ने समय उत्तम रहेको छ। आज मित्रजनको सहयोग प्राप्त हुने देखिन्छ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्ने देखिन्छ ।

    धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज तपाईका कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ। तपाईका मनमा सामान्य चिन्ताले सताउन सक्छ। तपाईका भौतिक सुख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ। तपाईका ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउने छ । साधारण खर्च भएतापनि दिन मध्यम रहने छ । तपाईका पारीवारिक सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्ने देखिन्छ ।

    मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज तपाईका मनोबिलासिताका सामान खरीद योग रहेको छ। तपाईका दाजु-भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहने छ। तपाईका शारीरिक आलस्यताले सताउन सक्ने छ। तपाईले आज लगानि गर्दा विशेष होस् पुरऱ्याउनु पर्ने समय रहेको छ। आज आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भावना रहेको छ। तपाईका धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।

    कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज तपाईको स्वास्थ्य सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ। आज नजिकका ब्यक्तिबाट विश्वासघात हुन सक्छ। तपाईका खानपानको क्षेत्रमा सजग रहनु होला। तपाईका बोलिको कारण साधारण समस्या आउन सक्ने छ । तपाईका आम्दानि क्षेत्र सबल रहेको छ । तपाईका शुभचिन्तकहरुको सङ्ख्यामा बृद्धि हुने देखिन्छ । आज तपाईको गायन क्षेत्रमा अभिरुचि जाग्ने योग रहेको छ ।

    मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज मान्यजनको सहयोगबाट बिग्रन लागेको काम बन्ने छ। तपाईका ब्यापार ब्यवसायबाट राम्रो आम्दानि हुने योग रहेको छ। तपाईका मनोबिलासिताका सामान खरीद योग रहेको छ। तपाईका मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ। तपाईका परीवारजनहरु सगँको सम्बन्धले तपाईका कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्ने योग रहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनआरएनएमा ऐतिहासिक एकता, प्रधानमन्त्रीको रोहवरमा सहमति दस्तावेज हस्ताक्षर

    काठमाडौं, मंसिर १२ – गैरआवासीय नेपाली संघ (एनआरएनए)मा लामो समयदेखि चुलिँदै आएको विवाद अन्त्य हुँदै...

    कुलमान घिसिङको नेतृत्वमा उज्यालो नेपाल पार्टी मंसिर १७ मा औपचारिक घोषणा

    काठमाडौं, मंसिर १२ — कुलमान घिसिङ संरक्षक रहेको नयाँ राजनीतिक दल, उज्यालो नेपाल पार्टी, मंसिर...

    काठमाडौँ महानगरले अतिक्रमित संरचना डोजरले भत्कायो

    काठमाडौँ, मंसिर १२ — काठमाडौँ महानगरपालिकाले वडा नं. १०, देवीनगरमा सार्वजनिक जग्गामा बनेका अतिक्रमित संरचना...

    धनगढीमा नेकपाको एकता सन्देश जुलुस सुरु

    धनगढी, मंसिर १२ – नेपाल कम्युनिस्ट पार्टीले धनगढीमा एकता सन्देश लिएर अगाडि बढेको जुलुस सुरु गरेको...

    काठमाडौंमा राप्रपाको मंसिर २३ को प्रदर्शन तयारी

    काठमाडौं, मंसिर १२ – राप्रपाले मंसिर २३ गते राजधानीमा ठूलो प्रदर्शन गर्ने तयारी गरेको छ। पार्टीको...