News Portal

  • आज चैत्र-६, मंगलबारको राशीफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    आजको राशिफल
    ५८० पटक

    श्रीशाके १९४५ विस २०८० चैत्र ६ गते मंगलबार इश्वी सन् २०२४ मार्च १९ तारीख फाल्गुनशुक्ल पक्ष दशमी तिथी पुनर्वशु नक्षत्र शोभन योग तैतिल करण चन्द्रमा मिथुन राशिमा पश्चात कर्कट राशिमा आनन्दादि योगमा स्थिर योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु॥

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईले अगाडि सारेका व्यक्तिद्वारा सम्पादित कार्यहरु बिफल हुने छन् । आज कठीनाई यात्रा गर्ने योग रहेको छ। आज तपाईले आटेका कार्यमा कडा परिश्रम गर्नु पर्ने देखिन्छ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । तपाईको मेहनतको फल अनायासै अरुलाई मिल्ने छ । तपाईले गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला ।

    बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – तपाईको निरन्तर भइरहेका कार्यबाट विशेष लाभ लिन सकिने छ। आज अर्काको खुसिको लागि अनावश्यक पश्रिम खर्चिनु पर्ने देखिन्छ । तपाईले सोचेको भन्दा बढिमात्रामा खर्च गर्नाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न हुन्छ ।कार्य सम्पादनमा अरुको दबाबको अनुभव हुन सक्ने छ ।

    मीथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज अरुको विश्वास गर्नाले दाम्पत्य जिवनमा खटपट उत्पन्न हुने छ। तपाईले अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुने योग रहेको छ। आज मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्न सक्छ। तपाईले कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहने छ । अध्ययन अध्यापनमा समय उत्तम रहेको छ ।

    कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – तपाईको टाढाको मित्रसँग अप्रत्यासित मिलन हुने योग रहेको छ। आज सामुहिक कार्यमा खर्च गर्नाले मनमा प्रशन्नता छाउने योग रहेको छ। आज हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुन सक्छ। तपाईले बोल्दा विचार पुर्याउनु होला। आज तपाईका प्रतिस्पर्धीहरु कमजोर रहनाले तपाइलाईको कार्यक्षेत्र सहज बन्ने छ। तपाईको स्वास्थ्य सम्बन्धि सामान्य असर भोग्नु पर्ला ।

    सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – खोज तथा अनुसन्धानमुलक क्षेत्रमा बौद्धिकतामा खर्च हुनेछ। बाकपटुताको कारण कुरा काट्नेहरु चुप भइ प्रशंसा गर्न थाल्ने छन्। आज पठन पाठन सफल रहनाले बौद्धिताका सर्वत्र कदर हुनेछ । तपाईको प्रतिस्पर्धाको कमजोर रहने छन्। तपाईको आम्दानि क्षेत्र भने मध्यम रहेको छ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेको छ ।

    कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज तपाईको मनमा चञ्चलता बढ्नाले निर्णय लिने क्षमतामा ह्रास आउने छ। आज सफल कार्यसम्पादनको लागि कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउने छ। सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्ने छ । भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला ।

    तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खबरले मनमा प्रशन्नता छाउने छ। दुर्घटनापूर्ण यात्राको सम्भावना रहेको छ। आज साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिने छैन। तपाईको नयाँकार्यको थालनिका निम्ति उत्तम समय रहेको छ। आज कार्यकुशलताले मान्यजनहरुको मन जित्न सफल रहने छ ।

    बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – मान्यजनको स्वास्थ्यमा नकारात्मक असरले मनमा खिन्नता छाउने छ। कार्यमा विश्लेषणको अभावले पारिवारिक सम्बन्धमा बैमनश्यता उत्पन्न हुने योग रहेको छ । अपरीचीत ब्यक्तिहरुको विश्वास गर्नाले षड्यन्त्रमा फस्ने सम्भावना रहेको छ। आज विशेष सजग रहनु होला। आज भोजभतेरमा सरीक हुने अबसर प्राप्त हुने योग रहेको छ ।

    धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज तपाईका प्रतिस्पर्धीहरु कमजोर रहने छन्। जसका कारण साजेदारी कार्यमा हात नहालेकै उत्तम हुने छ। दाम्पत्य सम्बन्धमा सामान्य खटपट आई पर्ला । तपाईको कार्यले अन्य ब्यक्तिहरुलाई मनग्य लाभ मिल्ने छ। तपाईको मनमा सामान्य चिन्ताले बास गर्नेछ। स्वास्थ्यमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्छ ।

    मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज सामान्य क्षति व्यहोर्नु पर्ला। आज खर्चका कारण सामान्य आर्थिक अभाबको सामना गर्नु पर्ला । नयाँ कार्य थालनिका निम्ति आट र साहशमा कमी आउने छ। सन्तान सम्बन्धि समस्याले सताउने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने योग रहेको छ ।

    कुम्भ राशिः  गु, गे, गो, सा, सि, सु, से, सो, द – तपाईको पारीवारिक मेल मिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । स्वास्थ्य सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ। आज कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ ।

    मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज प्रेम सम्बन्धमा सुधार आउन सक्छ । सामान्य आम्दानी हुने योग रहेको छ। तपाईको कार्य सम्पादनमा विभिन्न समस्याका कारण ढिलाई रहन सक्छ। आज सवारी  साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ। आज तपाईको कार्य सम्पादनमा भएका सामान्य त्रुटीले अपजसको सामना गनु पर्ने सम्भावना रहेको छ।

    प्रतिकृया दिनुहोस्

    खरबुजा खाएपछि कुन चिज खानु हुन्छ र खानु हुन्न हेर्नुस्

    गर्मीको मौसम सुरु हुनासाथ बजारमा जताततै खरबुजा देखिन्छ। यो रसिलो फल खान त स्वादिलो हुन्छ...

    कुवेतमा शहिद लखन थापा मगर गोल्ड कप १४ जुन

    कुवेत– नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४...

    नेपाली जन सम्पर्क समिति कुवेतको चौथो अधिवेसन जुन २१

     कुवेत– नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको...

    नेपाल कुवेत सरोकार समाजको पाँचौ सांगितिक धमाका मे ३१

    कुवेत– नेपाल कुबेत सरोकार समाजले आफ्नो पाँचौ साँगितिक धमाका यहि आँउदो ३१ मे २०२४ शूक्रबार...

    आज बैशाख-१७ गते सोमबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १७ गते सोमबार इश्वी सन २०२४ अप्रिल २९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal