News Portal

सांसद् लिङ्देनले मलेसियामा नेपाली युवाको विजोग देखेपछि..

६७४ पटक

लक्ष्मी काफ्ले
राप्रपाका महामन्त्री एवम् झापा क्षेत्र नम्बर–३ का सांसद् राजेन्द्र लिङ्देन एक सातादेखि मलेसियामा छन् । मलेसिया भ्रमणका क्रममा उनले त्यहाँस्थित नेपाली युवासँग भेटघाट समेत गरेका छन् ।

सांसद् लिङ्देनको आग्रहपछि मलेसियास्थित नेपाली दूताबासको पहलमा सेपाङ डिटेन्सन क्याम्पमा रहेका १० नेपाली युवासँग उनले भेटघाट गरेका हुन् । आफूले ती युवाको दर्दनाक अवस्था बुझ्ने मौका पाएको उनले जनाएका छन् ।

लिङ्देनका अनुसार १० जनामध्येका विजय महतो १० महिनादेखि उक्त क्याम्पमा छन् । ‘अर्का राधेश्याम लोहनीयाको त मानसिक अवस्था नै सन्तुलनमा छैन, लिङ्देनले फेसबुकमा लेखेका छन्, ‘उनी आफ्नो ठेगानासम्म पनि भन्ने स्थितिमा छैनन्, अरू सबैका आ–आफ्नै पीडा छन् ।’

सांसद् लिङ्देनकै पहलमा धेरै जनालाई परिवारसँग सम्पर्क गराइएको छ । ठेगाना नखुलेका महतो र लोहनीयाको टिकटको व्यवस्था दुतावासले मिलाइदिने टुंगो लागेको उनले जानकारी दिए । ‘जानकारीमा आएअनुसार यस्ता अरू धेरै क्याम्पहरू छन्,’ लिङ्देनले लेखेका छन्, ‘दूताबासका अनुसार १ सय ६१ जना डिटेन्सन क्याम्पमा र २ सय ४ जना बिभिन्न जेलमा दुखद जीवन बिताइरहेका छन् ।’

सुन्दर सपना बोकेर देश र परिवार छाडी वैदेशिक रोजगारीमा हिँडेका युवाको अवस्था देखेर सांसद् लिङ्देनले दुःख व्यक्त गरे । ‘अर्थतन्त्रकाे खम्बा हाम्रा युवाको यो दशा अत्यन्तै पीडादायी छ, सरकारको ध्यानाकर्षण होस्, दूताबासले आफ्नो प्रभावकारितामा बृद्धि गरोस्,’ उनले आफ्नो फेसबुक पेजमा लेखेका छन् । नयाँपत्रीकामा खबर छ।

प्रतिकृया दिनुहोस्

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...