News Portal

सांसद् लिङ्देनले मलेसियामा नेपाली युवाको विजोग देखेपछि..

६५३ पटक

लक्ष्मी काफ्ले
राप्रपाका महामन्त्री एवम् झापा क्षेत्र नम्बर–३ का सांसद् राजेन्द्र लिङ्देन एक सातादेखि मलेसियामा छन् । मलेसिया भ्रमणका क्रममा उनले त्यहाँस्थित नेपाली युवासँग भेटघाट समेत गरेका छन् ।

सांसद् लिङ्देनको आग्रहपछि मलेसियास्थित नेपाली दूताबासको पहलमा सेपाङ डिटेन्सन क्याम्पमा रहेका १० नेपाली युवासँग उनले भेटघाट गरेका हुन् । आफूले ती युवाको दर्दनाक अवस्था बुझ्ने मौका पाएको उनले जनाएका छन् ।

लिङ्देनका अनुसार १० जनामध्येका विजय महतो १० महिनादेखि उक्त क्याम्पमा छन् । ‘अर्का राधेश्याम लोहनीयाको त मानसिक अवस्था नै सन्तुलनमा छैन, लिङ्देनले फेसबुकमा लेखेका छन्, ‘उनी आफ्नो ठेगानासम्म पनि भन्ने स्थितिमा छैनन्, अरू सबैका आ–आफ्नै पीडा छन् ।’

सांसद् लिङ्देनकै पहलमा धेरै जनालाई परिवारसँग सम्पर्क गराइएको छ । ठेगाना नखुलेका महतो र लोहनीयाको टिकटको व्यवस्था दुतावासले मिलाइदिने टुंगो लागेको उनले जानकारी दिए । ‘जानकारीमा आएअनुसार यस्ता अरू धेरै क्याम्पहरू छन्,’ लिङ्देनले लेखेका छन्, ‘दूताबासका अनुसार १ सय ६१ जना डिटेन्सन क्याम्पमा र २ सय ४ जना बिभिन्न जेलमा दुखद जीवन बिताइरहेका छन् ।’

सुन्दर सपना बोकेर देश र परिवार छाडी वैदेशिक रोजगारीमा हिँडेका युवाको अवस्था देखेर सांसद् लिङ्देनले दुःख व्यक्त गरे । ‘अर्थतन्त्रकाे खम्बा हाम्रा युवाको यो दशा अत्यन्तै पीडादायी छ, सरकारको ध्यानाकर्षण होस्, दूताबासले आफ्नो प्रभावकारितामा बृद्धि गरोस्,’ उनले आफ्नो फेसबुक पेजमा लेखेका छन् । नयाँपत्रीकामा खबर छ।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...