News Portal

एनआरएनएको उपाध्यक्षमा पुन: उम्मेंद्वारी दिँदै उमेश पुडासैनी

हिमालीसंचार संवाददाता
३३१ पटक

कुवेत। गैरआवासीय नेपाली संघ (विनोद कुंवर समूह)का उपाध्यक्ष उमेश पुडासैनीले आसन्न ११औं महाधिवेशनमा पुन: उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

पुडासैनीले हिमालीसंचारसंग कुराकानी गर्दै आफूले पुन: उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको जानकारी दिए।

डा.शेष घले प्रमुख संरक्षक रहेको गैरआवासीय नेपाली संघको ११औं महाधिवेशन यही मार्च १६ देखि १७ तारिखसम्म काठमाण्डौस्थित होटल हायातमा हुँदैछ।

उनी विभिन्न सामाजिक सेवामा र यस अभियानमा विगत १६ बर्षदेखि निरन्तर लागिरहेका छन्। एनसीसी कुवेत कार्यसमितिका साथै एनआरएनए एनसीसीका विभिन्न पद हुँदै पुडासैनी हाल एनआरएनए आईसीसीका उपाध्यक्ष हुन्।

खाडी मुलुकले पनि नेतृत्व पाउनुपर्छ र खाडीका विभिन्न समस्याहरु समाधान, तथा श्रमिक हकहितका निम्ति आफ्नो दावी रहेको जनाउंदै उनले आफ्नो उम्मेदवारीमा सबैले साथ सहयोग र सुझाव दिने आशा व्यक्त गरेका छन्।

उनका एजेण्डाहरु यसप्रकार छन्:-

१) एनआरएनए संगठन पारदर्शी र विश्वसनीयता तथा जवाफदेही बनाउन।

२) विश्वभरका ८० लाख गैरआवासीय नेपालीलाई एकताबद्ध गरेर उनीहरुका हकहित, अधिकार र समस्याहरु डटेर समाधान गर्न।

३) तपाईं हामी सबैको जन्मसिद्ध अधिकार ‘वंशजको नेपाली नागरिकता निरन्तरता’ एनआरएनएको अहिलेको आवश्यकता रहेकाले यो अभियान सशक्त बनाउन।

४) श्रमिकको हकहित र अधिकार सुनिस्चित गर्न।

५) मातृभूमि नेपालको समृद्धिका लागि लगानी, ज्ञान र सीप हस्तान्तरण गर्न।

६) नेपालमा वैदेशिक लगानी आकर्षित गर्न साथै एनआरएनएहरूका लागि Financial freedom उपलब्ध गराउन।

७) प्रवासमा नेपाली भाषा, कला संस्कृतिको जगेर्ना तथा पर्यटन प्रवर्धन गर्न।

८) युवा पुस्तालाई स्वदेशप्रतिको माया र लगाव अभिवृद्धि गर्न र परोपकारी परियोजना बढाउन।

९) नेपालमा प्रभावकारी सडक तथ यातायात सुरक्षा नीति कार्यान्वयन गर्न र गराउन।

१०) मतदाता र समर्थकका विषयका अन्य केही एजेन्डा भए सहर्ष स्वीकार गर्न।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...