News Portal

एनआरएनएको उपाध्यक्षमा पुन: उम्मेंद्वारी दिँदै उमेश पुडासैनी

हिमालीसंचार संवाददाता
२९९ पटक

कुवेत। गैरआवासीय नेपाली संघ (विनोद कुंवर समूह)का उपाध्यक्ष उमेश पुडासैनीले आसन्न ११औं महाधिवेशनमा पुन: उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

पुडासैनीले हिमालीसंचारसंग कुराकानी गर्दै आफूले पुन: उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको जानकारी दिए।

डा.शेष घले प्रमुख संरक्षक रहेको गैरआवासीय नेपाली संघको ११औं महाधिवेशन यही मार्च १६ देखि १७ तारिखसम्म काठमाण्डौस्थित होटल हायातमा हुँदैछ।

उनी विभिन्न सामाजिक सेवामा र यस अभियानमा विगत १६ बर्षदेखि निरन्तर लागिरहेका छन्। एनसीसी कुवेत कार्यसमितिका साथै एनआरएनए एनसीसीका विभिन्न पद हुँदै पुडासैनी हाल एनआरएनए आईसीसीका उपाध्यक्ष हुन्।

खाडी मुलुकले पनि नेतृत्व पाउनुपर्छ र खाडीका विभिन्न समस्याहरु समाधान, तथा श्रमिक हकहितका निम्ति आफ्नो दावी रहेको जनाउंदै उनले आफ्नो उम्मेदवारीमा सबैले साथ सहयोग र सुझाव दिने आशा व्यक्त गरेका छन्।

उनका एजेण्डाहरु यसप्रकार छन्:-

१) एनआरएनए संगठन पारदर्शी र विश्वसनीयता तथा जवाफदेही बनाउन।

२) विश्वभरका ८० लाख गैरआवासीय नेपालीलाई एकताबद्ध गरेर उनीहरुका हकहित, अधिकार र समस्याहरु डटेर समाधान गर्न।

३) तपाईं हामी सबैको जन्मसिद्ध अधिकार ‘वंशजको नेपाली नागरिकता निरन्तरता’ एनआरएनएको अहिलेको आवश्यकता रहेकाले यो अभियान सशक्त बनाउन।

४) श्रमिकको हकहित र अधिकार सुनिस्चित गर्न।

५) मातृभूमि नेपालको समृद्धिका लागि लगानी, ज्ञान र सीप हस्तान्तरण गर्न।

६) नेपालमा वैदेशिक लगानी आकर्षित गर्न साथै एनआरएनएहरूका लागि Financial freedom उपलब्ध गराउन।

७) प्रवासमा नेपाली भाषा, कला संस्कृतिको जगेर्ना तथा पर्यटन प्रवर्धन गर्न।

८) युवा पुस्तालाई स्वदेशप्रतिको माया र लगाव अभिवृद्धि गर्न र परोपकारी परियोजना बढाउन।

९) नेपालमा प्रभावकारी सडक तथ यातायात सुरक्षा नीति कार्यान्वयन गर्न र गराउन।

१०) मतदाता र समर्थकका विषयका अन्य केही एजेन्डा भए सहर्ष स्वीकार गर्न।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...