News Portal

पद्यरत्न तुलाधरको निधनले राष्ट्रलाई अपुरणीय क्षति : उपराष्ट्रपति पुन

हिमाली संचार संवाददाता
४८२ पटक

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले सोमबार दिउँसो निधन भएका पूर्वमन्त्री एवम् वरिष्ठ मानव अधिकारवादी नेता पद्यरत्न तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सोमबार साँझ कपुरधारास्थित निवासमा पुगेर उपराष्ट्रपतिले स्वर्गीय तुलाधारको पार्थिव शरिरमाथि श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उपराष्ट्रपतिले तुलाधरका परिवारजनमा गहिरो समवेदना व्यक्त समेत गरे ।

‘मैले उहाँलाई अस्पतालमा गएर भेटेको थिएँ, आज यस्तो होला भन्ने कल्पना पनि गरेको थिएन । पूर्वमन्त्री एवम् वरिष्ठ मानवअधिकारवादी नेता, नागरिक समाजका अगुवा, नेपालको शान्तिप्रक्रियाको पहलकर्ता आदरणीय पद्यरत्नज्यूको निधले म स्तब्ध भएको छु’, उपराष्ट्रपतिले परिवारजनसँग भने, ‘साधरण जीवनशैली अपनाउनुभएका एक असाधारण व्यक्तित्व आदरणीय पद्यरत्नज्यूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

उपराष्ट्रपतिले तुलाधरको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको बताए । ‘पद्यरत्नज्यूको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको छ । नेपालको परिवर्तनकारी आन्दोलन, विशेष गरी पञ्चायत विरुद्धको संघर्ष, २०६२÷६३ को जनआन्दोलन र नेपालको शान्तिप्रक्रियाका लागि उहाँले पु¥याउनुभएको योगदान सगरमाथा जस्तो उच्च छ,’ उनले भने, ‘नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक र भाषिक आन्दोलनमा पद्यरत्नज्यूले पु¥याउनु भएको योगदानको म उच्च सम्मान गर्दछु ।’

उपराष्ट्रपतिले पद्यरत्न तुलाधरको भौतिक रुपमा निधन भए पनि सदा सदाका लागि बाँचिरहने बताए । ‘मानिस जन्मनु र मर्नु प्राकृतिक नियम हो । तर जसले समाज र राष्ट्रका लागि योगदान दिन्छ उ अमर रहन्छ,’ उनले भने, ‘पद्यरत्नज्यू भौतिक रुपमा त हामीबाट विदा हुनुभयो तर राष्ट्रका लागि उच्च योगदान दिएर विदा हुनुभएकोले उहाँ सदा सदाका लागि बाँचिरहनु हुनेछ ।’

प्रतिकृया दिनुहोस्

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...