फाल्गुन-२०, आइतबार/काठमाडौं – नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ निर्धारण गरेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरेको छ ।
नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९५ पैसा निप्धारण गरेको छ भने युरो एकको खरिद दर १४३ रुपैयाँ १४ पैसा र बिक्री दर १४४ रुपैयाँ ७९ पैसा निर्धारण गरेको छ।
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा र बिक्री दर १६७ रुपैयाँ ९८ पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा निर्धारण गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।