फाल्गुन-१९, शनिबार/काठमाडौं – नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर एकको खरिद दर १३२.३५ रुपैयाँ निर्धारण गरेको छ भने बिक्री दर १३२.९५ रुपैयाँ तोकेको छ। यता युरोपियन युरो एकको खरिद दर १४३.१४ रुपैयाँ निर्धारण गरेको छ भने बिक्री दर १४३.७९ रुपैयाँ कायम गरेको छ ।
आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.२२ रुपैयाँ निर्धारण गर्दै बिक्री दर १६७.९८ रुपैयाँ निर्धारण गरेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८६.०७ रुपैयाँ तोकेको छ भने बिक्री दर ८६.४६ रुपैयाँ कायम गरेको छ ।
त्यस्तै, आज साउदी रियाल एकको खरिद दर ३५.२९ रुपैयाँ निर्धारण गरेको छ भने बिक्री दर ३५.४५ रुपैयाँ तोकेको छ। र, मलेसियन रिंगिट एकको खरिद दर २७.८९ रुपैयाँ निर्धारण गर्दै बिक्री दर २८.०१ रुपैयाँ निर्धारण गरेको छ ।