News Portal

ठकुरी सहयोग संजालले देउसीभैलो खेलेर गरिब बालबालिकाको शिक्षामा सहयोग गर्ने

कमल सिंह ठकुरी
१६१० पटक

नेपालगंज : ठकुरी सहयोग संजाल प्रदेश नं. ५ र ठकुरी सहयोग संजाल (बाँके) ले हिजो शनिवार संयुक्त रूपमा बडादशैं, दिपावली र छठ पर्वको आवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

आउदै गरेको दिपावलीमा ठकुरी सहयोग संजाल केन्द्र र ठकुरी सहयोग संजाल (बाँके) ले दुबै आ-आफ्नो स्थानमा देउसीभैलो खेल्ने र संकलित रकमले पिछडिएका र गरिबीका कारण विद्यालय जान वन्चित ठकुरी बालबालिकाहरुलाई शैक्षिक परियोजना सुचारू गर्ने ठकुरी सहयोग संजाल प्रदेश ५ का संयोजक संयोग जंग शाहले जानकारी दिए।

“शिक्षा नै आजको मानव जिवनको मृरूदण्ड हो ” शिक्षालाई सहज रुपमा लिन नपाउनु हाम्रो समाजका बालबालीकाहरु वन्चित हुनु भनेको हाम्रो पनि कमजोरी देखिनु हो। दैउसीभैलोको मुख्य उद्देश्य भनेको क्रिष्यनिटी र पश्चिमी संस्कार हाबी हुदै गरेको ठकुरी युवा वर्गलाई हाम्रो हिन्दु धर्म, संस्कृति र भाषाको जगेर्ना, प्रबर्द्धन र यस्ता चाडहरूको महत्त्व बारे प्रशिक्षण हुने बिश्वास संयोजक शाहले हिमाली संचार डटकम संगको कुराकानी भने।

बाँके जिल्लामा बसोबास गर्नुहुने सम्पुर्ण ठकुरीहरुलाई ठकुरी सहयोग संजालले दैउसीभैलोलाई सहयोगका निम्ती अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...