News Portal

स्वास्थ शिविरमा २५ विरामीको सफल शल्यक्रिया

हिमाली संचार संवाददाता
७७७ पटक

ज्ञानु गौतम
रुकुम : चौरजहारीमा संचालित पलाष्टिक सर्जरी शिशिवरबाट विभिन्न प्रकृतिका २५ जना विरामीहरुको सफल शल्यक्रिया भएको छ। जन्मजात ओठ तथा तालुफाटेका आगोले पोली शरिरको एक भाग अर्काे भाग संग जोडिएर शरिरीर संकुचन भएका विरामीहरुको सफल शल्यक्रिया भएको हो ।

भौगोलिक विकटता र आर्थिक रुपले जिल्ला वाहिर गई उपचार गर्न नसक्ने विरामीहरुलाई लक्षित गरी ३ दिने निशुल्क शल्यक्रिया शिविर संचालन गरीएको थियो । चौरजहारी नगरपालिकाको आर्थिक सहयोग र कल्याणकारी अपांग सेवा संघ सल्यान र स्थानिय सिबिआरको आयोजना तथा किर्तिपुर अस्पताल काठमाडौको प्राविधिक सहयोगमा शिविर संचालन गरीएको थियो ।

रुकुम सल्यान र जाजरकोट जिल्लाबाट आएका ४१ जना बिरामी मध्री २५ जना विरामीको शल्यक्रिया गरीएको संयोजक बद्री राईमाझीले जानकारि दिनुभयो । शिविर समापन कार्यक्रममा चौरजहारी नगरप्रमुख विशाल शर्माले नगरले प्रत्येक वडामा गएर जनताहरुलाई निशुल्क स्वास्थ्य उपचार गर्दै आईरहको अवस्थामा पलास्टिक सर्जरी शिविरले थप सहयोग पुर्‍याएको वताउनु भयो ।

उहाँले शिविरमा पलाष्टिक सर्जन डाक्टर मंगल घर्तिमगर डाक्टर विनोद कर्ण डाक्टर कपिल पोखरेल चौरजहारी अस्पतालका डाक्टर कालेव वुढा लगाएत चिकित्सकहरुको टिमलाई सम्मान प्रत्र समेत प्रदान गर्नुभएको थियो।

 

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...