News Portal

स्वास्थ शिविरमा २५ विरामीको सफल शल्यक्रिया

हिमाली संचार संवाददाता
७१८ पटक

ज्ञानु गौतम
रुकुम : चौरजहारीमा संचालित पलाष्टिक सर्जरी शिशिवरबाट विभिन्न प्रकृतिका २५ जना विरामीहरुको सफल शल्यक्रिया भएको छ। जन्मजात ओठ तथा तालुफाटेका आगोले पोली शरिरको एक भाग अर्काे भाग संग जोडिएर शरिरीर संकुचन भएका विरामीहरुको सफल शल्यक्रिया भएको हो ।

भौगोलिक विकटता र आर्थिक रुपले जिल्ला वाहिर गई उपचार गर्न नसक्ने विरामीहरुलाई लक्षित गरी ३ दिने निशुल्क शल्यक्रिया शिविर संचालन गरीएको थियो । चौरजहारी नगरपालिकाको आर्थिक सहयोग र कल्याणकारी अपांग सेवा संघ सल्यान र स्थानिय सिबिआरको आयोजना तथा किर्तिपुर अस्पताल काठमाडौको प्राविधिक सहयोगमा शिविर संचालन गरीएको थियो ।

रुकुम सल्यान र जाजरकोट जिल्लाबाट आएका ४१ जना बिरामी मध्री २५ जना विरामीको शल्यक्रिया गरीएको संयोजक बद्री राईमाझीले जानकारि दिनुभयो । शिविर समापन कार्यक्रममा चौरजहारी नगरप्रमुख विशाल शर्माले नगरले प्रत्येक वडामा गएर जनताहरुलाई निशुल्क स्वास्थ्य उपचार गर्दै आईरहको अवस्थामा पलास्टिक सर्जरी शिविरले थप सहयोग पुर्‍याएको वताउनु भयो ।

उहाँले शिविरमा पलाष्टिक सर्जन डाक्टर मंगल घर्तिमगर डाक्टर विनोद कर्ण डाक्टर कपिल पोखरेल चौरजहारी अस्पतालका डाक्टर कालेव वुढा लगाएत चिकित्सकहरुको टिमलाई सम्मान प्रत्र समेत प्रदान गर्नुभएको थियो।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...