News Portal

धारिलो हतियार आक्रमणबाट मृत्यु भएका ‘तालिवान पिता’ को अन्त्येष्टि

हिमाली संचार संवाददाता
६३० पटक

धारिलो हतियार आक्रमणबाट मृत्यु भएका ‘तालिवान पिता’ को अन्त्येष्टि

पाकिस्तान । पाकिस्तानको रापलपिण्डी शहरमा शुक्रबार धारिलो हतियारले आक्रमण गरी हत्या गरिएका पाकिस्तानी ‘तालिवान समूहका पिता’ मौलाना समी उल–हकको शनिबार अन्त्येष्टि गरिएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समी उल–हकको हत्या छानविन गर्न निर्देशन दिएपछि मृतक अन्त्येष्टि गरिएको हो ।

तालिवान समूहका आस्थाका धरोहर मानिदै आएका ८० बर्षीय समी उल–हकलाई शुक्रबार राति एक अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए ।

तालिवान धर्मगुरूलाई पाकिस्तानको राजधानी इश्लामावादबाट ११५ किलोमिटर टाढा रहेको उहाँकै गृहनगर आकोडा खट्टक मा इश्लामिक धार्मिक संस्कार अनुसार अन्त्येटि गरिएको थियो ।

तालिवान धर्मगुरू समी उल–हकको अन्त्येष्टि समारोहमा उनका हजारौँ अनुयायीहरूको सहभागिता रहेको थियो भने दर्जनौ प्रहरीले अन्त्येष्टि समारोहका क्रममा सुरक्षा प्रदान गरेका प्रत्यक्षदर्शीसमेत रहेका एएफपी संवाददाताले बताए ।

पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनझिर भूट्टोको हत्याबारे सन् २०१० मा सार्वजनिक अनुसन्धान रिपोर्टले भूट्टोको हत्यामा सम्लग्न समूह घटनास्थल रावलपिण्डी जानुपूर्व उनकै धार्मिक आश्रममा बसेर गएका भन्ने खुलासा गरेको थियो ।

यसैबीच अफगानी तालिवान समूहले समी उल–हकको मृत्यु सम्पूर्ण इश्लामिक राष्ट्र (उमाह)हरूका लागि अपुरणीय क्षति भएको भएको शनिबार एक विज्ञप्ति जारी गरी जनाएको छ ।

उनले अफगानिस्तानमा तत्कालिन सोभियत सङ्घ र अमेरिका अतिक्रमणका क्रममा अविस्मरणीय सहयोग गरेको विज्ञप्तिमा जनाइएको छ ।

समी उल–हकको अफगानी तालिवानसँग कुनै सम्लग्नता नभएको भएपनि उनीहरूको आन्दोलनप्रति सहानुभूति रहेको थियो, पाकिस्तानी विश्लेषक रमीमुल्लाह यूसुफजाईले एएफपीसँग बताए । तालिवानका कैयौँ नेता तथा लडाकूले धर्मगुरू समी उल–हकको मदरसा पाठशालामा अध्ययन गरेका थिए ।

पाकिस्तानी सञ्चारमाध्यमले धर्मगुरू समी उल–हकको निधन अफगानिस्तानको शान्ति प्रक्रियामा एउटा झड्का सावित बन्ने बताएका भएपनि विश्लेषक यूसुफजाईले अफगानी शान्ति प्रक्रियालाई उनको मृत्युले प्रभाव नपार्ने बताएका छन् ।

अफगानी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनलाई एउटा समस्या सिर्जनाकर्ताका रूपमा उल्लेख गरेका छन् ।

समी उल–हकले पाकिस्तानी संसदमा दुई पटकसम्म प्रतिनिधित्व गरेका थिए । पाकिस्तानको सत्ताधारी दल तेहरिक–ए–इन्साफको धर्मगुरू समी उल–हकको दल (जेयूआइ–एस)सँग गठबन्धन रहेको छ ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...