News Portal

हङकङमा बर्षकै अत्याधिक चिसो रेकर्ड कायम, सर्वसाधरणलाई उच्च सतर्कता रहन सुझाव

हिमालीसंचार संवाददाता/एजेन्सी
९२९ पटक

हङकङ-२३, जनवरी/हङकङ – हङकङ अब्जर्भेटरीले यो बर्षको पहिलो हप्ता अत्यधिक चिसो दिनको रेकर्ड गरेको छ। हङकङको सबैभन्दा अग्लो डाडाँ ताई मो शानको तापक्रम आज बिहान ६ बजे माइनस २.३ डिग्रीमा झरेको जनाएको छ।

आज बिहान विभिन्न जिल्लाको तापक्रम ६ डिग्रीको हाराहारीमा झरेको छ। हङकङ अब्जर्भेटरीले आज (२३ तारिख) बिहान ७ बजे चुन वान, वोङ ताई सिन र शिङ मुन भ्यालीको तापक्रम ६.४ डिग्री रेकर्ड गरेको छ। त्यस्तै, शाम शुई पो ५.४ डिग्री, क्वुन तोङ र ट्युन मुनको तापक्रम ५.३ डिग्री रेकर्ड गरेको छ।

ताई मो शानको प्रवेशद्वारमा माइनस ०.३ डिग्री तापक्रम रेकर्ड गरिएको छ। तस्बिर खिच्न पत्रकारलाई मात्रै प्रवेश दिइएको छ भने नागरिकलाई जान रोक लगाइएको छ।

अग्नी नियन्त्रकले हङकङबासीलाई तुषारो वा हिउं हेर्न डाडाँ र पहाडहरुमा नजान सर्वसाधरणलाई चेतावनी दिएको छ। उसले २०१६ को घटना दोहोर्याउनबाट बच्नको लागि चेतावनी दिएको हो। त्यसबेला करीव १ सय मानिसहरू बरफ सडकका कारण ताइ मो शानमा फसेका थिए।

त्यस्तै, ड्राइभरहरूलाई सम्भावित हिउँको मौसमका कारण चिप्लो सडकमा बिस्तारै गाडी चलाउन सुझाव समेत दिइएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...