News Portal

हङकङमा बर्षकै अत्याधिक चिसो रेकर्ड कायम, सर्वसाधरणलाई उच्च सतर्कता रहन सुझाव

हिमालीसंचार संवाददाता/एजेन्सी
८५४ पटक

हङकङ-२३, जनवरी/हङकङ – हङकङ अब्जर्भेटरीले यो बर्षको पहिलो हप्ता अत्यधिक चिसो दिनको रेकर्ड गरेको छ। हङकङको सबैभन्दा अग्लो डाडाँ ताई मो शानको तापक्रम आज बिहान ६ बजे माइनस २.३ डिग्रीमा झरेको जनाएको छ।

आज बिहान विभिन्न जिल्लाको तापक्रम ६ डिग्रीको हाराहारीमा झरेको छ। हङकङ अब्जर्भेटरीले आज (२३ तारिख) बिहान ७ बजे चुन वान, वोङ ताई सिन र शिङ मुन भ्यालीको तापक्रम ६.४ डिग्री रेकर्ड गरेको छ। त्यस्तै, शाम शुई पो ५.४ डिग्री, क्वुन तोङ र ट्युन मुनको तापक्रम ५.३ डिग्री रेकर्ड गरेको छ।

ताई मो शानको प्रवेशद्वारमा माइनस ०.३ डिग्री तापक्रम रेकर्ड गरिएको छ। तस्बिर खिच्न पत्रकारलाई मात्रै प्रवेश दिइएको छ भने नागरिकलाई जान रोक लगाइएको छ।

अग्नी नियन्त्रकले हङकङबासीलाई तुषारो वा हिउं हेर्न डाडाँ र पहाडहरुमा नजान सर्वसाधरणलाई चेतावनी दिएको छ। उसले २०१६ को घटना दोहोर्याउनबाट बच्नको लागि चेतावनी दिएको हो। त्यसबेला करीव १ सय मानिसहरू बरफ सडकका कारण ताइ मो शानमा फसेका थिए।

त्यस्तै, ड्राइभरहरूलाई सम्भावित हिउँको मौसमका कारण चिप्लो सडकमा बिस्तारै गाडी चलाउन सुझाव समेत दिइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...