News Portal

युएईको दुबैई शहरमा पनि मनाइयो भक्का दिवस

रामप्रसाद ढुंगेल, युएई
३७८ पटक

माघ-५ गते शुक्रबार/युएई – युएईको शहर दुबईमा कोच राजबंशी समाज युएईको आयोजनामा सातौं राष्ट्रिय भाक्का दिवस मनाइएको छ। दुबईको समुन्द्रमा तातो तातो भाक्का बनाउदै क्रुजमा गत आइतबार भब्यरुपमा मनाइएको हो   

कार्यक्रममा प्रमुख अतिथि सैजुको हातबाट दीप प्रज्ज्वलन गरी कार्यक्रम समुउद्घाटन गरी शुरु गरिएको थियो । ‘सातौं राष्ट्रिय भाक्का’दिवसको उपलक्ष्यमा राजबंशीहरुको राष्ट्रिय परिकार भाक्का क्रुजमा नै पुनम राजबंशी, सबिना राजबंशी, ममता राजबंशीले उपस्थित सबैलाई तातो तातो भाक्का बनाउदै साथमा अरु पनि विभिन्न  भाक्कामा खान मिल्ने  परिकारहरु माछाको ग्रेभी, धनिया खोर्शानीको अचार गरि बनाई  साथ साथै भेज र ननभेज परिकारहरुको राम्रो प्रबन्ध गरिएको थियो ।

आयोजित कार्यक्रममा प्रमुख गायक आरके राजवंशी थिए भने कार्यक्रममा पुनम राजबंशी, मेनुका राजबंशीले, सबिना राजबंशी, ममता राजबंशीहरुले  राजबंशी संगीतमा नित्य गरेर कार्यक्रममा रौनक बढाएका थिए साथै अधिकतम राजबंशी समुदायको मौलिकता झल्किने भेष भुषा केटाहरुले धुती गन्जी र महिलाहरुले पेटानी कामर कोष साथै गरगहना लगाएका थिए। कार्यक्रम बेलुका ४ बजेदेखि ७ बजेसम्म राखिएको थिए भने ११० भन्दा बढीको सहभागीता रहेको थियो ।

कार्यक्रमलाई भब्य र सभ्यरुपमा सम्पन्न गर्न फिस्टेल ट्राभल्स एण्ड टुरिजमले आर्थिक सहयोग गरेको थियो, भने ममता राजवंशी, फाल्टु राजवंशी, पुनम राजवंशी, सरस्ती राजवंशी, सबिना राजवंशी, मेनुका राजवंशी, समिर श्रेष्ठ, जीवन तिमिल्सिना, अमित आडि, अमृत राजबंशी सीता राजवंशी, कमल राजबंशी, अनुरोध राजवंशी, प्रेम राजवंशी, प्रकाश राजवंशी, निशा राजवंशी र हरेस राजवंशीले विशेष साथ सहयोग गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एनआरएनए एनसीसी युएई उपाध्यक्ष मनोज कुमार सैजु, बिशिष्ट अतिथि, मंगोल समाज युएईका अध्यक्ष अमर धिमाल, थारु कल्याणकारी सभा महिला विभाग प्रमुख जानकी महतो, मनोज कुमार राजवंशी, जनप्रतिशिल मन्च युएई अध्यक्ष एवम् एनआरएनएका सल्लाहकार सदस्य बाबुराम बिक रहेका थिए ।

कार्यक्रम भरत राजबंशीको सभाअध्यक्षतामा गरिएको थियो भने संचालन र सम्पन्न कोच राजवंशी समाज युएईका सचिव कविराज राजवंशीले गरेका थिए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...