News Portal

अनेसास कुवेतद्वारा महासचिव बद्री न्यौपाने बैरागीलाई सम्मान तथा बिदाई 

हिमालीसंचार संवाददाता
४७७ पटक

कुवेत – अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्यापटरले (अनेसास ) महासचिव बद्री न्यौपाने “बैरागी” लाई सम्मान तथा बिदाई गरेको छ ।

“नेपाली साहित्यलाई समृद्ध बनाऔं , बिश्वभरका साहित्यकारहरु एकजुट हाऔं ” भन्ने मुलनाराका साथ २०६६ सालमा स्थापना गरिएको यस साहित्य संस्थाले प्रवासमा रहेर पनि साहित्यमा कलम चलाउदै आउनु भएका साहित्य प्रती रुचि राख्नु हुने साहित्य प्रेमी दाजुभाई , दिदीबहिनीहरुलाई एकरुप्ता गर्दै , भानु जयन्ती , लक्ष्मी जयन्ती तथा रचना वाचन कार्यक्रमका साथै अन्य साहित्यका विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ ।

प्रवासमा रहेर पनि समाजमा आबद्ध भैइ साहित्यमा कलम चलाउदै आउनु भएका समाजका महासचिव बद्री न्यौपाने “बैरागी” कर्मभुमी कुवेतलाई बिट मार्दै आफ्नै जन्मभुमी जाने भएकाले उहाँलाई आज कुवेतको फाहाहिल स्थित ए वान नेपाली रेष्टुरेन्टमा समाजका अध्यक्ष प्रबिन आचार्यको अध्यक्षता महासचिव न्यौपाने लाई खादा ओढाई मायाको चिनो दिई बिदाई गरेको छ ।

कुवेत नगरिमा साहित्य प्रती कलम चलाउनु हुने सहित्य मित्रहरूले सम्पर्क गर्न सक्नु हुने छ ।

१) प्रबिन आचार्य – 66425804
२) प्रसाद तिम्सीना – 66036124
३) राज श्रेष्ठ – 51649339

 

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...