News Portal

चीनद्वारा अमेरिकालाई ‘प्रबिधिको गोप्य चोरीबारे तथ्य’ दिन चूनौति

हिमाली संचार संवाददाता
६४३ पटक

बेइजिङ – चिनियाँ तथा ताइवानी कम्पनीहरूले अमेरिकी प्रबिधिको चोरी गरेको भनी वासिङ्टनले लगाएको आरोपलाई पुष्टि गर्न ‘तथ्य’ देखाउन बेइजिङले शुक्रबार संयुक्त राज्य अमेरिकालाई चुनौति दिएको छ ।

अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सले चिनियाँ कम्पनीहरूले अमेरिकी कम्पनीहरूसँगको व्यापारिक सहकार्यमा अनुमानित आठ अर्ब ७५ करोड अमेरिकी डलर बराबरको प्रबिधि चोरी गरेको आरोप लगाएका थिए ।

बिहीबार अमेरिकी न्यायिक विभागले चिनियाँ राज्य सञ्चालित फुजियन जिन्ह्वा इन्टिग्रेटेड सर्किट कम्पनी तथा ताइवानी यूनाइटेड माइक्रो इलेक्ट्रोनिक्स कर्पोरेसन (यूएमसी)सहित यूएमसीका तीन कर्मचारीविरूद्ध प्रबिधि चोरीसम्बन्धी फौजदारी आरोप लगाएको बताएको थियो ।

विभागले अमेरिकी माइक्रोन कम्पनीको साना पार्टपूर्जाका पछिल्ला नमूनाहरूलाई फुजियान जिन्ह्वा कम्पनीले कपी गरी विश्व कम्प्युटर बजारमा कम्प्युटरका पाटपूर्जाको प्रमुख आपूर्तिकर्ता बनेको दावी गरेको थियो ।

यदि अमेरिकी पक्ष प्रबिधि चोरी भएकोप्रति साँच्चै चिन्तित हो भने उनीहरूले स्पष्ट उदाहरण दिनुपर्छ जसले तथ्य र वास्तविकताको उजागर गर्नेछ, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले सञ्चारकर्मीलाई नियमित जानकारीका क्रममा बताए ।

अमेरिकाले चीनमाथि पछिल्ला केही दिन यता चीनले अमेरिकी प्रबिधि चोरेर आफ्नो अर्थतन्त्रलाई सबल पारेको बताउँदै आएको छ ।
सेसनले भने, ‘यी गतिविधि गैरकानूनी हुन् । प्रबिधिको चोरी गरिनु गलत हो । यो अमेरिकी राष्ट्रिय सुरक्षा तथा अर्थतन्त्रका लागिसमेत खतरा हो । यो रोकिनुपर्छ ।’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी प्राबिधिक जानकारीबारे चीनमाथि लगाइएको चोरी आरोपलाई उद्धृत गरी आफ्ना एसियाली सहकर्मीलाई केही समय पहिले बताएका थिए ।

तर बिहीबार दुई देशका नेताबीच ब्यापार र अन्य बिषयमा टेलिफोन वार्ता भएको थियो । वार्तापछि ट्रम्पले वार्ता एकदम सकारात्मक रहेको ट्वीटरमार्फत जानकारी गराएका थिए ।

चिनियाँ राष्ट्रपति सीले पनि कुराकानीपछि आफु धेरै खुशी बनेको र यस बिषयमा यस महिनाको अन्त्यमा अर्जेन्टिनाको ब्युनर्स आयर्समा हुने जी–ट्वान्टी सम्मेलनमा थप छलफल हुने बताएका थिए ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...