News Portal

चीनद्वारा अमेरिकालाई ‘प्रबिधिको गोप्य चोरीबारे तथ्य’ दिन चूनौति

हिमाली संचार संवाददाता
७०७ पटक

बेइजिङ – चिनियाँ तथा ताइवानी कम्पनीहरूले अमेरिकी प्रबिधिको चोरी गरेको भनी वासिङ्टनले लगाएको आरोपलाई पुष्टि गर्न ‘तथ्य’ देखाउन बेइजिङले शुक्रबार संयुक्त राज्य अमेरिकालाई चुनौति दिएको छ ।

अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सले चिनियाँ कम्पनीहरूले अमेरिकी कम्पनीहरूसँगको व्यापारिक सहकार्यमा अनुमानित आठ अर्ब ७५ करोड अमेरिकी डलर बराबरको प्रबिधि चोरी गरेको आरोप लगाएका थिए ।

बिहीबार अमेरिकी न्यायिक विभागले चिनियाँ राज्य सञ्चालित फुजियन जिन्ह्वा इन्टिग्रेटेड सर्किट कम्पनी तथा ताइवानी यूनाइटेड माइक्रो इलेक्ट्रोनिक्स कर्पोरेसन (यूएमसी)सहित यूएमसीका तीन कर्मचारीविरूद्ध प्रबिधि चोरीसम्बन्धी फौजदारी आरोप लगाएको बताएको थियो ।

विभागले अमेरिकी माइक्रोन कम्पनीको साना पार्टपूर्जाका पछिल्ला नमूनाहरूलाई फुजियान जिन्ह्वा कम्पनीले कपी गरी विश्व कम्प्युटर बजारमा कम्प्युटरका पाटपूर्जाको प्रमुख आपूर्तिकर्ता बनेको दावी गरेको थियो ।

यदि अमेरिकी पक्ष प्रबिधि चोरी भएकोप्रति साँच्चै चिन्तित हो भने उनीहरूले स्पष्ट उदाहरण दिनुपर्छ जसले तथ्य र वास्तविकताको उजागर गर्नेछ, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले सञ्चारकर्मीलाई नियमित जानकारीका क्रममा बताए ।

अमेरिकाले चीनमाथि पछिल्ला केही दिन यता चीनले अमेरिकी प्रबिधि चोरेर आफ्नो अर्थतन्त्रलाई सबल पारेको बताउँदै आएको छ ।
सेसनले भने, ‘यी गतिविधि गैरकानूनी हुन् । प्रबिधिको चोरी गरिनु गलत हो । यो अमेरिकी राष्ट्रिय सुरक्षा तथा अर्थतन्त्रका लागिसमेत खतरा हो । यो रोकिनुपर्छ ।’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी प्राबिधिक जानकारीबारे चीनमाथि लगाइएको चोरी आरोपलाई उद्धृत गरी आफ्ना एसियाली सहकर्मीलाई केही समय पहिले बताएका थिए ।

तर बिहीबार दुई देशका नेताबीच ब्यापार र अन्य बिषयमा टेलिफोन वार्ता भएको थियो । वार्तापछि ट्रम्पले वार्ता एकदम सकारात्मक रहेको ट्वीटरमार्फत जानकारी गराएका थिए ।

चिनियाँ राष्ट्रपति सीले पनि कुराकानीपछि आफु धेरै खुशी बनेको र यस बिषयमा यस महिनाको अन्त्यमा अर्जेन्टिनाको ब्युनर्स आयर्समा हुने जी–ट्वान्टी सम्मेलनमा थप छलफल हुने बताएका थिए ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...