News Portal

रंगेलीमा रहेको शुभम पेट्रोल पंपकाे मनाेमानी

हिमाली संचार संवाददाता
७०८ पटक

रबिन्द्र बराल/मोरङ : रंगेली नगरपालिका ८ काे मुख्य ब्यस्त बसपार्कमा रहेको शुभम पेट्रोल पंपले सरकारकाे मापदण्डलाई बेवास्ता गर्दे स्थापनाकाल देखिनै पंप संन्चालन गर्दे अाएकाे छ ।

नेपाल सरकारले सम्पुर्ण पेट्रोल पंपहरुमा अनिवार्य रुपमा सुलभ र सुबिधा सम्पन ट्वाईलेकाे ब्यवस्थापन गर्नुपर्ने भनेर लिखित भएता पनि त्याे कार्यनयनमा भने लागू भएको छैन । सार्वजनिक यातायातबाट आवतजावत गर्ने सर्वसाधारणहरुलाई भने पेट्रोल पंपमा शाैचालय नहुदा समस्या परेको यात्रुहरु बताउँछन्।

उक्त पंपमा दैनिकी सयौं सवारी साधनहरुले अाएर तेल भर्ने गर्दछन तर सर्वसाधारणहरुले भने उक्त खुला ठाउँमा गएर पिसाब फेर्ने बाध्य रहेका छन । पुरुषहरु त जसाे तसाे पिसाव गरेपनि बढि मात्रामा महिला र युवती हरुलाई बढि समस्या पर्ने गरेको एक यात्रु महिलाले बताईन ।

यस बिषयमा संन्चालक रामेश्वर साहलेे भने यहाँ शैचालय हुदाँ सबै जना अाए शाैचालय गर्ने र हद समेत छिटो भरिने गरेको भन्दै पन्छिन खाजे उनले फाेट नखिचन हामीलाई अप्ठ्यारोमा नपार्ने अग्रह समेत गरे । तर पंपले तेल भर्न अाउने संग तेल भर्न क्रममा हरेक ग्राहक संग ५० पैसा देखी १ रुपैयाँ सम्मकाे डिजल र पेट्रोलमा तेल कम दिने गरेको स्थानीय युवा सुरज राजबंशीले बताए ।

सम्पुर्ण पेट्रोलहरुमा अटाेमेटिक डिजिटल पंप हुनुपर्ने भएता पनि यसमा पेट्रोल पंपमा भने त्यो नभएको पाईएकाे छ । संम्बन्धित निकायहरुले यस बिषयमा ध्यान दिनुपर्ने जरुरी रहेको स्थानीय बलराम साहले बताए ।

त्यसैगरी बिराटनगर देखि अामबाडि सम्ममा रहेका ९ बटा पंपहरु रहेता पनि अधिकान्स पंप हरुले तेल भर्न अाउने सर्वसाधारणहरुबाट पंप संन्चालकहरुले थाेरै थाेरै रकम ठगि गर्ने गरेको स्थानीयहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...