News Portal

काठमाडौंका खाल्डाखुल्डी दुई महिनाभित्र पुरिसक्न सरकारक निर्देशन

हिमाली संचार संवाददाता
४९४ पटक

काठमाडौं– सरकारले काठमाडौंको सडकको खाल्डो दुईमहिना भित्र पुरी सक्न मातहतका निकायलाई पुनः निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले शुक्रबार सम्बन्धित निकायसँग कामको समिक्षा गरी काठमाडौंस्थित सडकको खाल्डो २ महिना भित्र पुरी सक्न निर्देशन दिएको हो ।

काठमाडौंको सडकको खाल्डाखुल्डी २ महिना भित्र पुरी सक्न मातहतका सबै निकायलाई पुनः निर्देशन दिइएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

बैठकले सडकको उचित व्यवस्थापनका लागि काम भए/नभएको अनुगमन गरी तत्काल निर्देशन दिन समन्वयात्मक संयन्त्र बनाउने निर्णय पनि गरेको छ । सम्बन्धित मन्त्रालयका अधिकारीहरु रहने संयन्त्रले कामको अनुगमन गरी आवश्यक्ता अनुसार तत्काल निर्देशन दिने पनि प्रमुख राजनीतिक सल्लाहकार रिमालले जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले काठमाडौंको खाल्डाखुल्डी पुर्ने काम पूरा नभएसम्म त्यसको अनुगमन र निर्देशनको कामलाई जारी राख्ने पनि स्पष्ट पारेको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले काठमाडौंको सडक व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सबै खालका प्रयास जारी राख्ने बताए ।

गत चैत्र ४ गते बसेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय बैठकले काठमाडौंको सडकको उचित व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिएको थियो । आजको बैठकमा त्यसयताको कामको समिक्षा पनि गरिएको छ ।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...