आज : २०२६-०९-१९, शनिबार

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

पौष-१२, बिहिबार/काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । युरो एकको खरिद दर १४७ रुपैयाँ ०८ पैसा र बिक्री दर १४७ रुपैयाँ ७५ पैसा रहेको छ। 

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ४० पैसा र बिक्री दर १७० रुपैयाँ १६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।