News Portal

विश्व च्याम्पियनसिपका लागि नेपाली खेलाडी पुष्पलाल रोकाया काजख्स्तान उडे

हिमाली संचार संवाददाता
६७१ पटक

काठमाडौं : नेपाल क्योकुशिन संघका केन्द्रीय अध्यक्ष पुष्पलाल रोकाया अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन काजख्स्तान प्रस्थान गरेका छन्।

काजख्स्तानको राजधानी अस्तानामा कात्तिक १७ र १८ गते आयोजना हुने दोस्रो केडब्ल्यूएफ क्योकुशिन विश्व च्याम्पियनसिपमा सहभागीता जनाउन उनी बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

जापान, अमेरिका, क्यानडा, अष्ट्रेलिया, चीन, रुस, स्पेन, फ्रान्स लगायत ४७ देशका १ हजार २ सय खेलाडीले प्रतिस्पर्धा गर्ने उक्त च्याम्पियनसिपमा नेपालबाट रोकाया मात्र सहभागी छन्।

उनी २१ कात्तिकमा स्वदेश फर्कने कार्यक्रम छ।
एक युवा जसले खेल क्षेत्रमा बझाङ जस्तो दुर्गम जिल्लामा खेलकुद क्षेत्रमा ठूलो योगदान पुर्‍याए।

बझाङमा लामो समयदेखि बुदो कैदो फुलकन्ट्याक खेलाउँदै आएका पुष्पलाल रोकायाले क्योकुशिन नामक खेल भित्र्याएर बझाङमा केन्द्रिय कार्यालय रहने गरि सुरुवात गरेका छन् ।

ब्ल्याक बेल्टसहित पाँच उपाधि पाएका रोकायाले यस खेलको तदर्थ समितिसमेत गठन गरि खेल सुरु गरिरहेका छन्।

खेलाडीलाई खेल मैदानको अभाव, खेलप्रति हेर्ने दृष्टिकोण लगायतका समस्यालार्इ पछ्याउँदै आएका खेलाडीको योगदानबाट राष्ट्रिय खेलमा उपाधि जित्ने भइसकेका छन् ।

नेपाल क्योकुशिन संघका केन्द्रिय अध्यक्ष रोकायाले बझाङ जस्तो दुर्गम ठाँउबाट खेलको विकास गरि देशभरि यसका शाखा विस्तार गर्ने ठूलो सपना देखेका छन् ।

सन् १९२३ जुलाईमा जापानका खेलाडी सोईडमाउत्सी ओयमटेन्डनले यस खेलको सुरु गरेका थिए । अहिले विश्वका धेरै देशहरुमा यसको नेटवर्क विस्तार भइसकेको छ । नेपालमा यस खेलको सम्बन्धन १९१८ मार्चमा लिएर २०७५ सालमा मात्र शुरु भएको रोकायाले बताए ।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...