News Portal

विश्व च्याम्पियनसिपका लागि नेपाली खेलाडी पुष्पलाल रोकाया काजख्स्तान उडे

हिमाली संचार संवाददाता
६३८ पटक

काठमाडौं : नेपाल क्योकुशिन संघका केन्द्रीय अध्यक्ष पुष्पलाल रोकाया अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन काजख्स्तान प्रस्थान गरेका छन्।

काजख्स्तानको राजधानी अस्तानामा कात्तिक १७ र १८ गते आयोजना हुने दोस्रो केडब्ल्यूएफ क्योकुशिन विश्व च्याम्पियनसिपमा सहभागीता जनाउन उनी बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

जापान, अमेरिका, क्यानडा, अष्ट्रेलिया, चीन, रुस, स्पेन, फ्रान्स लगायत ४७ देशका १ हजार २ सय खेलाडीले प्रतिस्पर्धा गर्ने उक्त च्याम्पियनसिपमा नेपालबाट रोकाया मात्र सहभागी छन्।

उनी २१ कात्तिकमा स्वदेश फर्कने कार्यक्रम छ।
एक युवा जसले खेल क्षेत्रमा बझाङ जस्तो दुर्गम जिल्लामा खेलकुद क्षेत्रमा ठूलो योगदान पुर्‍याए।

बझाङमा लामो समयदेखि बुदो कैदो फुलकन्ट्याक खेलाउँदै आएका पुष्पलाल रोकायाले क्योकुशिन नामक खेल भित्र्याएर बझाङमा केन्द्रिय कार्यालय रहने गरि सुरुवात गरेका छन् ।

ब्ल्याक बेल्टसहित पाँच उपाधि पाएका रोकायाले यस खेलको तदर्थ समितिसमेत गठन गरि खेल सुरु गरिरहेका छन्।

खेलाडीलाई खेल मैदानको अभाव, खेलप्रति हेर्ने दृष्टिकोण लगायतका समस्यालार्इ पछ्याउँदै आएका खेलाडीको योगदानबाट राष्ट्रिय खेलमा उपाधि जित्ने भइसकेका छन् ।

नेपाल क्योकुशिन संघका केन्द्रिय अध्यक्ष रोकायाले बझाङ जस्तो दुर्गम ठाँउबाट खेलको विकास गरि देशभरि यसका शाखा विस्तार गर्ने ठूलो सपना देखेका छन् ।

सन् १९२३ जुलाईमा जापानका खेलाडी सोईडमाउत्सी ओयमटेन्डनले यस खेलको सुरु गरेका थिए । अहिले विश्वका धेरै देशहरुमा यसको नेटवर्क विस्तार भइसकेको छ । नेपालमा यस खेलको सम्बन्धन १९१८ मार्चमा लिएर २०७५ सालमा मात्र शुरु भएको रोकायाले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...