News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • ‘लिलामे माइला’ को विशेष प्रदर्शन विराटनगरमा पनि हुने

    हिमालीसंचार संवाददाता
    २०८ पटक

    पौष-५,मंगलबार/विराटनगर – निर्देशक तथा निर्माता भिम लामाको निर्देशन रहेको चलचित्र ‘लिलामे माइला’ को विशेष प्रदर्शन विराटनगरमा पनि हुने भएको छ।

    यस अघी ट्रेलर रिलिज भएसंगै चर्चा पाएको ‘लिलामे माइला’ को विशेष प्रदर्शन सुनसरीको धरान, इटहरी लगायतमा भैसकेको छ। धरान र इटहरीको विशेष प्रदर्शन पछी दर्शकहरुको राम्रो प्रतिकृया पाएर उत्साहित भएको निर्माण टिमले मोरङको विराटनगरमा पनि विशेष प्रदर्शन गर्न लागेको फिल्मका निर्देशक भिम लामाले जानकारी दिए। 

    निर्देशक लामाका अनुसार विराटनगरमा यही पौष १५ गते हिमालय टाकिजमा दिउँसो १२ बजेको विशेष शो हुँदैछ । विराटनगरको विशेष प्रदर्शनको आयोजना गर्ने जिम्मा नेपाल तामाङ घेदुङ नगर समिति विराटनगर र नेपाल तामाङ संरक्षक समिति विराटनगरले लिएको निर्देशक लामाले जानकारी दिए ।

    निर्देशक भिम लामा फिल्मको ब्यानरमा निर्माण भएको ‘लिलामे माइला’ एक सामाजिक कथा बस्तुमा निर्माण भएको छ । तीन जातीबिचको प्रेम कथालाई निर्देशक लामाले गज्जवले प्रस्तुत गरेका छन् । फिल्ममा तामाङ, लिम्बु र आर्यन जाती बिचको प्रेम कथा प्रस्तुत गरिएको देखिन्छ । 

    अन्तर्जातिय प्रेम कथा विवाह र जाती अनुसारको रित माग गरिएको कथालाई समेटिएको फिल्मले गाउ-घरको वास्तविक कथालाई राम्रो सँग प्रस्तुत गरेको छ। निर्देशक लामाले यस अघी माटो, गोल, नासो, तमाङ फिल्म रिमठिम, लिम्बु फिल्म तुम्दुङ, विभिन्न नाटकमा अभिनय तथा लेखन निर्देशन गरिसकेका छन्।

    सुनसरीको धरान र इटहरी लगायतको दर्शकहरुको मन जितिसकेको ‘लिलामे माइला’ ले विराटनगरका दर्शकको मन जित्ने पक्का छ। निर्मात्री दिलु सुब्बाले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता, दामोदर सापकोटा, सहनिर्माता कमला राई रहेको फिल्ममा प्रभाकर न्यौपानेको कथा लेखन रहेको छ भने पटकथा तथा सम्वाद राज थापा काउचाको रहेको छ । 

    दामोदर सापकोटा, चन्दा लिम्बू, सुर्य लिम्बु, कमान सिंह राई, रोशन बिसी, दिलु सुब्बा, गंगा कुवर, मान्सिङ तामाङ, उदय सुब्बा, सुजेन्द्र गोले तामाङ, मङ्गलसिङ तामाङ, साजन लिम्बू, प्रेमिका लामा, टि एस योन्जन, मुकुन्द बस्नेत, राजेन्द्र तामाङ, जानुका श्रेष्ठ, कहरसिङ मगर, कृष्णकला राई, बुद्धिमान तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ ३, २०८२ (मे १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रवि लामिछाने र छविलाल जोशीलाई सुनुवाइको जानकारी तत्काल दिन उच्च अदालतको आदेश

    पोखरा, जेठ २ – सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका पूर्व सञ्चारकर्मी रवि...

    रवि लामिछाने पक्षले आफैंले सारेको मुद्दा ‘थाहा पाइनँ’ भन्दै इजलासमै विवाद

    पोखरा, जेठ २ – सुर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालत पोखरामा शुक्रबारको सुनुवाइका क्रममा पूर्वगृहमन्त्री...

    चितवनको किसान टोलमा पारिवारिक शोक: डिप्रेसनको उपचारमा रहेका पूर्वसैनिक लिलाराज गिरीले गरे छोरी र भतिजाको हत्या, आफैंमाथि प्रहार

    चितवन, जेठ २ – भरतपुर महानगरपालिका–२५, किसान टोलमा बिहीबार बिहान एक अत्यन्तै मार्मिक र शोकपूर्ण...

    बिराट आँखा द्वारा एक दिने शिविर सम्पन्न

    मोरङ, जेठ २ – रंगेली नगरपालिका–९ स्थित दोहमना बजारमा बिहीबार एक कार्यक्रम आयोजना गरी एक...