News Portal

‘लिलामे माइला’ को विशेष प्रदर्शन विराटनगरमा पनि हुने

हिमालीसंचार संवाददाता
३५० पटक

पौष-५,मंगलबार/विराटनगर – निर्देशक तथा निर्माता भिम लामाको निर्देशन रहेको चलचित्र ‘लिलामे माइला’ को विशेष प्रदर्शन विराटनगरमा पनि हुने भएको छ।

यस अघी ट्रेलर रिलिज भएसंगै चर्चा पाएको ‘लिलामे माइला’ को विशेष प्रदर्शन सुनसरीको धरान, इटहरी लगायतमा भैसकेको छ। धरान र इटहरीको विशेष प्रदर्शन पछी दर्शकहरुको राम्रो प्रतिकृया पाएर उत्साहित भएको निर्माण टिमले मोरङको विराटनगरमा पनि विशेष प्रदर्शन गर्न लागेको फिल्मका निर्देशक भिम लामाले जानकारी दिए। 

निर्देशक लामाका अनुसार विराटनगरमा यही पौष १५ गते हिमालय टाकिजमा दिउँसो १२ बजेको विशेष शो हुँदैछ । विराटनगरको विशेष प्रदर्शनको आयोजना गर्ने जिम्मा नेपाल तामाङ घेदुङ नगर समिति विराटनगर र नेपाल तामाङ संरक्षक समिति विराटनगरले लिएको निर्देशक लामाले जानकारी दिए ।

निर्देशक भिम लामा फिल्मको ब्यानरमा निर्माण भएको ‘लिलामे माइला’ एक सामाजिक कथा बस्तुमा निर्माण भएको छ । तीन जातीबिचको प्रेम कथालाई निर्देशक लामाले गज्जवले प्रस्तुत गरेका छन् । फिल्ममा तामाङ, लिम्बु र आर्यन जाती बिचको प्रेम कथा प्रस्तुत गरिएको देखिन्छ । 

अन्तर्जातिय प्रेम कथा विवाह र जाती अनुसारको रित माग गरिएको कथालाई समेटिएको फिल्मले गाउ-घरको वास्तविक कथालाई राम्रो सँग प्रस्तुत गरेको छ। निर्देशक लामाले यस अघी माटो, गोल, नासो, तमाङ फिल्म रिमठिम, लिम्बु फिल्म तुम्दुङ, विभिन्न नाटकमा अभिनय तथा लेखन निर्देशन गरिसकेका छन्।

सुनसरीको धरान र इटहरी लगायतको दर्शकहरुको मन जितिसकेको ‘लिलामे माइला’ ले विराटनगरका दर्शकको मन जित्ने पक्का छ। निर्मात्री दिलु सुब्बाले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता, दामोदर सापकोटा, सहनिर्माता कमला राई रहेको फिल्ममा प्रभाकर न्यौपानेको कथा लेखन रहेको छ भने पटकथा तथा सम्वाद राज थापा काउचाको रहेको छ । 

दामोदर सापकोटा, चन्दा लिम्बू, सुर्य लिम्बु, कमान सिंह राई, रोशन बिसी, दिलु सुब्बा, गंगा कुवर, मान्सिङ तामाङ, उदय सुब्बा, सुजेन्द्र गोले तामाङ, मङ्गलसिङ तामाङ, साजन लिम्बू, प्रेमिका लामा, टि एस योन्जन, मुकुन्द बस्नेत, राजेन्द्र तामाङ, जानुका श्रेष्ठ, कहरसिङ मगर, कृष्णकला राई, बुद्धिमान तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस्

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...