आज : २०२६-०९-१९, शनिबार

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

पौष-५, बिहिबार/काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७८ पैसा र बिक्री दर १३३ रुपैयाँ ३८ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्री दर १४५ रुपैयाँ ९३ पैसा रहेको छ। 

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०३ पैसा र बिक्री दर १६८ रुपैयाँ ७९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६०  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।