कुवेतमा एकजना नेपालीको मृत्यु शव नेपाल पठाउने प्रक्रियामा

कुवेत– वैदेशिक रोजगारीका लागि कुवेत गएका काभ्रेको पनौती नगरपालिका- २, गुर्दुमका कृष्ण तामाङको मृत्यु भएको छ। तीन महिनाअघि कुवेत गएका तामाङको यही डिसेम्बर १७ गते राति सुतेकै अवस्थामा मृत्यु भएको हो।
राति खाना खाएर सुतेका तामाङ भोलिपल्ट बिहान मृत अवस्थामा भेटिएका थिए। कृष्ण तामाङको परिवारको आर्थिक अवस्था नाजुक छ।खर्च गरेर शव ल्याउन सक्ने अवस्था छैन। डीएचआर नेपाल नामक म्यानपावर कम्पनीबाट कुवेत गएका तामाङले फर्स्ट ग्रुप जनरल ट्रेडिङ कन्स्ट्रक्टिङ कम्पनीमा काम गर्ने गरेको बताइएको छ।यसै बिच नेपाली दुताबास कुवेतका प्रथम सचीव प्रेमराज गौतमले भने। कृष्ण तामाङको शव नेपाल पठाउने प्रक्रियामा रहेको बताए ।


















