News Portal

एनआरएनए क्यानडाको अधिवेशन सम्पन्न, गिरीप्रसाद बुढाथोकीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

हिमालीसंचार संवाददाता
२३४ पटक

क्यानाडा। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी)-(ग्लोबल) क्यानाडाको राष्ट्रिय महाधिवेशन तथा साधारण सभा क्यानाडाको ब्राम्पटनको एभरेष्ट तेकान्दो हलमा एक बृहत कार्यक्रम आयोजना गरी सफलता पूर्वक सम्पन्न भएको छ। राष्ट्रिय महाधिवेशनले गिरि बुडाथोकीको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको छ।

कार्यक्रमको उदघाटन सत्रमा साधारण सभा तथा अधिवेशनको सफलताको लागि बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु तथा गैरआवासीय नेपाली अभियानका सामाजिक अगुवाहरुले शुभकामना प्रदान गर्नुभएको तथा अगामी दिनहरुमा सँस्थाले सम्रग गैर आवासीय नेपालीहरुको हकहितमा शसक्त ढंगबाट कामगर्ने बिश्वास व्यक्त गर्नु भएको थियो।

कार्यक्रमको बन्द शत्रमा कार्यक्रमको सांगठनिक प्रतिबेदन सस्थाका महासचिब सन्तोष बिश्वकर्मा तथा बित्तिय प्रतिबेदन कोषाध्यक्षको अनुपस्थितमा उपाध्यक्ष सुमन पौडेलेले प्रस्तुत गर्नु भएको थियो। सस्थाका अध्यक्ष कुन्दन घिमिरेले उदघाटन सत्रको समापन गर्दै निवर्तमान कार्यसमिति भंग भएको जानकारी गराउदै बिधिपूर्वक निवार्चन सम्पन्न गर्नका लागि प्रमुख निवार्चन अधिकृत तथा Barrister र Solicitor भोजराज भट्ट र सदस्यहरु चन्द्र राई र प्रभा कार्की रहनु भएको तीन सदस्यीय निर्वाचन समितिलाई जिम्मेवारी हस्तान्तरण गर्नु भएको थियो।

निवार्चन समितिले विधिपूर्वक निर्बिरोध रुपमा १९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ। निवर्तमान तथा नव निर्वाचित सभापति अञ्जनी भट्टराई तथा नवनिर्वाचित अध्यक्ष गिरीप्रसाद बुढाथोकीले आईसीसी सदस्यहरु रश्मी थापा र नर बहादुर टण्डन, निर्वाचन समिति र निवर्तमान कार्यसमितिले महाधिवेशन सफलता पूर्वक सम्पन्न गर्न महत्वपुर्ण भुमिका खेल्नु भएकोमा धन्यवाद तथा हार्दिक आभार प्रकट गर्नु भएको थियो।

निर्वाचित कार्यसमिति तथा आइसीसी सदस्य
लक्षमण सुवेदी, आइसीसी सदस्य

१. अञ्जनी भट्टराई सभापति, ओन्टारियो
२.गिरीप्रसाद बुढाथोकी अध्यक्ष, ओन्टारियो
३.लक्ष्मण अधिकारी उपाध्यक्ष, अल्बर्टा
४.रीता बुर्लाकोटी उपाध्यक्ष, ओन्टारियो
५.मानबहादुर बिश्वकर्मा उपाध्यक्ष, ओन्टारियो
६.बृष्टि बोहरा उपाध्यक्ष, नोभास्कोसिया
७.सुमन पौडेल महासचिव, ओन्टारियो
८.नरबहादुर बिक सचिव, ओन्टारियो
९.माधबी खनाल कोषाध्यक्ष, ओन्टारियो
१०.लीला थापा प्रवक्ता, ओन्टारियो
११.ऐरिक बस्नेत सदस्य (युवा संयोजक) ओन्टारियो
१२. स्वीकृती खडका, सदस्य (सास्कृतिक संयोजक), ओन्टारियो
१३.गणेश खड्का सदस्य (मिडीया संयोजक), ओन्टारियो
१४. प्रकाश चापागाई सदस्य, ओन्टारियो
१५.देवराम टमटा सदस्य, ओन्टारियो
१६.कृष्ण राना सदस्य, बृटिश कोलम्बिया
१७.आनन्द अग्रेजा सदस्य, प्रिन्स एडवर्ड आइल्याण्ड
१८.ऐश्वर्या श्रेष्ठ सदस्य, नोभास्कोसिया

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...