News Portal

दैनिक ३ अर्ब ८८ करोडको व्यापार घाटा, तीन महिनामै साढे तीन खर्ब पुग्यो

हिमाली संचार संवाददाता
६८५ पटक

काठमाडौं : वैदेशिक मुलुकसँगको व्यापार घाटा चुलिने क्रमले यो तीन महिनामा पनि निरन्तरता पाएको छ । चालू आर्थिक बर्षको (२०७५/०७६) तीन महिनामा देशले ३ खर्ब ४९ अर्ब ८४ करोडको व्यापारघाटा बेहोर्नु परेको छ । जबकी यस्तो ब्यापार घाटा गत वर्षको यसै अवधिमा २ खर्ब ३९ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो  ।

चालु आर्थिक बर्षको तीन महिनामा ३ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको विदेशी वस्तु नेपाल भित्रिएको हो । यो तीन महिनामा २३ अर्ब ७४ करोड रुपैयाँको मात्र  स्वदेशी वस्तु बाहिरिएको छ ।

आयात निर्यातको अनुपातमा तालमेल हुन नसक्दा हरेक दिन देशले झण्डै ४ अर्बको ब्यापार घाटा बेहोर्ने गरेको छ । तीन महिनाको  औसत ९० दिनलाई आधार मान्दा भन्सार विभागको तथ्यांक अनुसार  देशले एक दिनमै ३ अर्ब ८८ करोडको ब्यापार घाटा बेहोर्ने गरेको छ । यो क्रम हरेक बर्ष बढ्दै गएको छ ।

आधा भन्दा बढी घाटा त छिमेकी देश भारतसँग मात्रै हुने गरेको छ । यो तीन महिनामा पनि ६३.२ प्रतिशत व्यापार घाटा भारतसँग मात्रै छ । चीन, जर्मनी, फ्रान्स, बेलायत, अमेरिका, साउदी अरबलगायतका देशसँग नेपालको व्यापार घाटामा छ ।

असोज महिनामा ४० अर्ब २९ करोड राजस्व संकलन, सबैभन्दा बढी रसुवा भन्सार कार्यालयबाट उठ्यो

बढी राजस्वमुखी भएको आरोप लाग्दै आएको बर्तामान सरकारले तीन महिनामै १ खर्ब १२ अर्ब ३५ करोड रुपैयाँ राजस्व संकलन गरिसकेको छ ।

असोज एक महिनामा मात्रै ४० अर्ब २९ करोड रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ । सरकारले यो महिनामा लक्ष्यको १३७.२४ प्रतिशत राजस्व संकलन गरेको हो । यो भन्सार महसुल, मूल्य अभिबृद्धि कर, अन्त शुल्क र पुर्वाधार करसमेतको रकम हो । असोज महिनामा ५७ करोड २४ लाख राजस्व संकलन गर्ने लक्ष्य भएपनि रसुवा भन्सार विभागले ४ सय ६ प्रतिशत राजस्व संकलन गरेको छ ।

यो अवधिमा यस कार्यालयबाट २ अर्ब ३२ करोड ६९ लाख रुपैयाँको राजस्व संकलन भएको भन्सार विभागका निर्देशक विनोद शरण आचार्यले जनाए । वीरगंज भन्सार कार्यालयले एक महिनामा १६ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको १३५.८१ प्रतिशत हो ।

असोज महिनामा कुन भन्सार कार्यालयबाट कति राजस्व उठ्यो ?

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...