News Portal

कुवेतमा नवनियुक्त नेपाली राजदूत घनश्याम लम्सालको स्वागत

हिमालीसंचार संवाददाता
२६८ पटक

कुवेत -कुवेतका लागि नवनियुक्त नेपाली राजदूत घनश्याम लम्साललाई एनआरएनए एनसिसि कुवेत र विभिन्न संघ सस्थाले स्वागत गरेका छन । नेपाल सरकारबाट कुवेतका लागि नवनियुक्त राजदूत लम्साललाई गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको आयोजनामा कुवेतको नेपाली समाजमा सकृय नेपाली राजनीतिक दलका वैदेशिक भातृ संगठन, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत र नेपाली संघ- सस्था, व्यवसायीद्वारा बिहीबार स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भयाे।

कुवेतस्थित साल्मियामा रहेको गोर्खा किचनको सभा हलमा एनआरएनए एनसिसि कुवेतका सचिब रोशन राईको संचालन रहेको कार्यक्रममा अध्यक्ष रणध्वज लामाको सभापतित्व तथा राजदूत लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा राजदूतका धर्मपत्नी , नेपाली दूतावास कुवेतका प्रथम सचिव प्रेमराम गौतम, सुजन बिडारी र श्रमसहचारी गिरी प्रसाद आचार्यको पनि उपस्थिति रहेको थियो । एनआरएनए एनसिसिका संरक्षक सुजन केसीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममा सहभागी गैरआवासिय नेपाली संघका अभियान्ता , नेपाली राजनीतिक दलका वैदेशिक भातृ संगठनका प्रतिनिधि , नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष र नेपाली संघ- सस्थाका प्रतिनिधिले राजदूत घनश्याम लम्साललाई कुवेतमा स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिदै नेपाली श्रमिकका समस्या पनि राखेका थिए।

स्वागत तथा भेटघाट कार्यक्रममा गरैआवासीय नेपाली संघलाई धन्यवाद ब्यक्त गर्दै राजदूत लम्सालले आगामी दिनहरुमा यहाँ रहेका नेपाली समुदायको सहयोग अपरिहार्य रहेको बताउनु भयो । राजदूतले भन्नु भयो ‘तपाईहरुले लगाई दिएको माला, दोसल्ला र खादा शुभकामनाको साथमा ठुलो जिम्मेवारीको रुपमा ग्रहण गरेको छु । म तल्लो लेवलको मान्छेको सेवक हुँ र भुइँमान्छेको सेवा गर्न आएको हुँ ।

दुई देशको कानूनलाई मध्यनजर राखेर काम गर्नु पर्ने हुन्छ । कतिपय कार्यमा कानूनी बाध्यताहरु पनि होलान, काम गर्न सहज नहोला तर पनि सबै मिलेर त्यसलाई पन्छाउदै श्रमिकको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।’ कुवेतको कानूनलाई ख्याल गरेर सामाजिक संजालमा सत्य तथ्य बुझेर मात्र पोस्ट गर्नुहोला । यदी पोस्ट गरेका सामग्री सत्य नभएका खण्डमा दूतावासले समेत बचाउ गर्न सक्दैन।

कुवेतमा घरेलु कामदार ल्याउन सरकारले प्रतिबन्द गरेको हुदा यस कार्यमा सङ्लग्न जो कोही हुनुहुन्छ यो काम गर्न छोड्दिनुस दूतावासले पनि नेपाल सरकारको निती मान्ने हुदा अवैधानिक कार्यमा सहयोग नगर्ने बताउनु भयो । श्रमिकको समस्या मात्र नभई कुवेत र नेपालको सम्बन्धलाई मजबुत बनाउन राजनीतिक सामाजिक र आर्थिक रुपमा अगाडी बढाउन नेपाली संघ सस्था तथा मिडियाक्रमिको सहयोगको अपेक्षा गर्दै आपसि सहकार्यमा अघि बढ्ने बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...