आज : २०२६-०६-०५, शुक्रबार

आजको सुन चाँदीको मुल्य कस्तो छ? आज कति रुपैयामा खरिद विक्री भइरहेको छ

मंसिर-२७ गते, बुधबार/काठमाडौं –  नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ। हिजो मंगलबार प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँ घट्दै १ लाख १६ हजार रुपैयाँ कारोबार भईरहेको छ।

त्यस्तै, तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले नै घटेको छ। आज १ लाख १५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, चाँदीको मूल्य पनी आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।