आज : २०२६-०६-०५, शुक्रबार

आजको विदेशी मुद्राको विनिमय दर यस्तो रहेको छ

मंसिर/बुधबार-२७, काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १३ पैसा र बिक्री दर १३३ रुपैयाँ ७३ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ७३ पैसा रहेको छ। 

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३५ पैसा र बिक्री दर १६८ रुपैयाँ ११ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।