News Portal

आइपिओमा १० कित्ता सेयर अनिवार्य नीति पुनरावलोकन गर्न समति गठन

हिमालीसंचार संवाददाता
३०४ पटक

काठमाडौं – धितोपत्र बोर्डले सेयरको सार्वजनिक निष्कासन आइपिओमा हाल आवेदकलाई पुगेसम्म १० कित्ता सेयर दिनैपर्ने नीतिको पुनरावलोकन गर्ने भएको छ।

पुनारीवलोकनका लागि बोर्डले सञ्चालक समिति सदस्य तथा चार्टर्ड एकाउन्टेन्टहरूको संस्था (आइक्यान) का उपाध्यक्ष प्रविण कुमार झाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ।समितिमा मुक्तिनाथ श्रेष्ठ, अम्बिका प्रसाद गिरी र भोलानाथ ढुंगाना रहेका छन्। 

यसअघिका पूर्व अध्यक्ष डाक्टर रेवतबहादुर कार्कीले सेयर बजार विस्तारको लागि भन्दै आइपिओमा आवेदन दिनेलाई पुगेसम्म कम्तीमा १० कित्ता सेयर दिनैपर्ने नीति अभ्यासमा ल्याएका थिए। त्यसअघि न्यूनतम ५० कित्ताभन्दा कमको लागि सेयरमा आवेदन नै दिन नपाइने व्यवस्था रहेको थियो। 

वर्तमान अध्यक्ष रमेश हमालले १० कित्ताको नीति हटाएर आवेदनको लागि न्यूनतम २ सय ५० कित्ता दिन सकिने व्यवस्था अभ्यासमा ल्याउने तयारी गरेका छन्। यसको लागि नै हाल पुनरावलोकन गर्न समिति गठन गरिएको हो। 

सेयर जोखिम सहितको क्षेत्र भएकोले यसमा सबैको पहुँच हुनैपर्ने भन्ने व्यवस्था व्यवहारिक नभएको कतिपयको तर्क रहेके छ। तर, केहीले भने यो १० कित्ता नीतिको कारण सेयर बजारमा विद्यार्थी र गृहणीले समेत प्रवेश गर्ने वातावरण बनेकोले यसलाई कायम राख्नुपर्ने धारण राख्दै आएका छन्। 

प्रतिकृया दिनुहोस्

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...