News Portal

आइपिओमा १० कित्ता सेयर अनिवार्य नीति पुनरावलोकन गर्न समति गठन

हिमालीसंचार संवाददाता
२५६ पटक

काठमाडौं – धितोपत्र बोर्डले सेयरको सार्वजनिक निष्कासन आइपिओमा हाल आवेदकलाई पुगेसम्म १० कित्ता सेयर दिनैपर्ने नीतिको पुनरावलोकन गर्ने भएको छ।

पुनारीवलोकनका लागि बोर्डले सञ्चालक समिति सदस्य तथा चार्टर्ड एकाउन्टेन्टहरूको संस्था (आइक्यान) का उपाध्यक्ष प्रविण कुमार झाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ।समितिमा मुक्तिनाथ श्रेष्ठ, अम्बिका प्रसाद गिरी र भोलानाथ ढुंगाना रहेका छन्। 

यसअघिका पूर्व अध्यक्ष डाक्टर रेवतबहादुर कार्कीले सेयर बजार विस्तारको लागि भन्दै आइपिओमा आवेदन दिनेलाई पुगेसम्म कम्तीमा १० कित्ता सेयर दिनैपर्ने नीति अभ्यासमा ल्याएका थिए। त्यसअघि न्यूनतम ५० कित्ताभन्दा कमको लागि सेयरमा आवेदन नै दिन नपाइने व्यवस्था रहेको थियो। 

वर्तमान अध्यक्ष रमेश हमालले १० कित्ताको नीति हटाएर आवेदनको लागि न्यूनतम २ सय ५० कित्ता दिन सकिने व्यवस्था अभ्यासमा ल्याउने तयारी गरेका छन्। यसको लागि नै हाल पुनरावलोकन गर्न समिति गठन गरिएको हो। 

सेयर जोखिम सहितको क्षेत्र भएकोले यसमा सबैको पहुँच हुनैपर्ने भन्ने व्यवस्था व्यवहारिक नभएको कतिपयको तर्क रहेके छ। तर, केहीले भने यो १० कित्ता नीतिको कारण सेयर बजारमा विद्यार्थी र गृहणीले समेत प्रवेश गर्ने वातावरण बनेकोले यसलाई कायम राख्नुपर्ने धारण राख्दै आएका छन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...