आज : २०२६-०६-०५, शुक्रबार

आजको विदेशी मुद्राको विनिमय दर यस्तो रहेको छ

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १४ पैसा र बिक्री दर १३३ रुपैयाँ ७४ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ३३ पैसा र बिक्री दर १४३ रुपैयाँ ९८ पैसा रहेको छ। 

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४८ पैसा र बिक्री दर १६८ रुपैयाँ २३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६७  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।