News Portal

  • आज पनी घट्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?

    हिमालीसंचार संवाददाता
    ५५२ पटक

    काठमाडौं – नेपाली बजारमा सोमबार पनि सुन-चाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँले घटेको सुनको मूल्य आज पनी प्रतितोला पाँच सय रूपैयाँले घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ४ सय रूपैयाँ ५० मा कारोबार भइरहेको छ। 

    आइतबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको थियो।  त्यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। 

    आइतबार प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय १० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन २१ गतेको राशिफल

    आज साउन २१, २०८२ (अगस्त ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धरालीमा विनाशकारी बाढी : चारको ज्यान गयो, कैयौं अझै बेपत्ता

    काठमाडौं, साउन २० – भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जिल्लाको धराली गाउँ भीषण प्राकृतिक प्रकोपको चपेटामा...

    साइबर अपराध आरोपमा लेकसाइडबाट पक्राउ परिन् शर्मिला वाइबा, अनुसन्धानका लागि काठमाडौं ल्याइँदै

    पोखरा, साउन २० – साइबर अपराधसम्बन्धी अभियोगमा सामाजिक सञ्जालमा सक्रिय रहिएकी शर्मिला वाइबालाई प्रहरीले मंगलबार...

    तीन जिल्लाबाट ट्रान्सफर्मर चोरी गर्ने गिरोह नियन्त्रणमा : १२ जना पक्राउ

    विराटनगर, साउन २० – कोशी प्रदेशका तीन जिल्लामा फैलिएको ट्रान्सफर्मर चोरीको गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको...

    सभापति खतिवडाको कडा अडान : ‘छानबिन समितिको प्रतिवेदनमा मेरो नाम छैन, त्यसैले राजीनामाको सवाल नै उठ्दैन’

    काठमाडौं, साउन २० – राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसदीय छानबिन समितिको...