News Portal

पूर्वसांसद राजीवविक्रम शाहले जाजरकोटमा बनाए सुविधायुक्त अस्पताल

हिमाली संचार संवाददाता
१२५९ पटक

राजेन्द्र कार्की
जाजरकोट : पूर्वसांसद राजीवविक्रम शाहले छेडागाड ५ बडावनमा २५ शय्याको अस्पताल बनाएका छन्। ५ करोड रुपैयाँ लागतमा एक वर्षअघि अस्पताल थालिएको थियो।

सर्वसुलभ स्वास्थ्य सेवा दिने उद्देश्यले व्यक्तिगत लगानीमा अस्पताल बनाएको पूर्वसांसद शाहले बताए। उनले मंसिरभित्र अस्पतालको भौतिक पूर्वाधारका सबै काम सकिने दाबी गरेका छन्। ‘कम्तीमा एक जना एमडीजीपी गरेको डाक्टर राखेर सामान्य खालका शल्यक्रियासहित सेवा उपलब्ध गराउने तयारीमा छौं’, उनले भने।

सांसदकै अगुवाइको संस्था कुमारी ट्रस्टले सञ्चालन गर्ने अस्पतालमा मासिक कम्तीमा ३० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। डाक्टर र स्टाफका लागि आवास, प्रशासनिक भवन, सोलार र जेनेरेटर राख्ने भवन पनि निर्माण गरिएको छ। भूकम्पप्रतिरोधी भवन निर्माणसँगै अस्पतालका लागि आवश्यक पर्ने २ करोड ५० लाख रुपैयाँका उपकरण पनि किनिएको छ।

शाहले ०७० सालको निर्वाचन क्रममा जाजरकोटका जनतासँग अस्पताल निर्माण गर्ने प्रतिबद्धता गरेका थिए। व्यक्तिगत लगानीमा सामुदायिक अस्पताल निर्माण गरेर जनतासँग गरेको वाचा पूरा गर्न अस्पताल निर्माण गरेको पूर्वसांसद शाहले बताएको अन्नपूर्ण पोस्टले समाचार लेखेको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...