News Portal

सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन सक्ने प्रधानमन्त्री प्रचण्डको संकेत

हिमालीसंचार संवाददाता
२५१ पटक

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले टिकटकका उच्च अधिकारीसँग अनौपचारिक कुराकानीमा टिकटकमाथि लगाइएको प्रतिबन्ध हट्ने संकेत गरेका छन् । 

प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले पनि आफूहरूले टिकटकका प्रतिनिधिसँग छलफल गरेको र टिकटक नियमनमा आउन तयार भएकाले यसमाथिको सरकारले लगाएको प्रतिबन्ध खुल्न सक्न बताए ।

‘टिकटकका दक्षिण एसिया प्रमुख फेर्दोस मोत्ताकिनसँगको अनौपचारिक कुराकानीमा उनले नेपाल सरकारसँग सहकार्य गर्न तयार भएको र टिकटकमा अब नेपाली भाषा बुझ्ने संयन्त्र पनि बनाउने जानकारी दिए’  रायमाझीका अनुसार ‘यस्तो हो भने त प्रविधिमाथि नियन्त्रण गर्न हामी पनी चाहदैनौ।’ 

टिकटकमाथिको प्रतिबन्धका विषयमा नेपालका लागि चिनियाँ राजदूत छन सोङले समेत प्रधानमन्त्री दाहालसँगको भेटमा चासो राखेको स्रोतले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयमा हाल १५ सदस्यीय समितिले विभिन्न सामाजिक सञ्जाल माथि अध्ययन गरिरहेको रायमाझीले बताए। डेढ महिनाभित्र समितिले प्रधामन्त्रीलाई प्रतिवेदन बुझाउने उनले बताए। 

समिति सदस्यहरुले यस बारे गरेको अध्ययनबारे भने उनले स्पष्ट खुलाउन चाहेनन् । नियमनकारी निकायलाई बाहिरै राखेर प्रधानमन्त्रीको कार्यालय आफैंले यस्ता विषयमा अति सक्रियता बढाएको अवस्थालाई कतिपय जानकारले भने अस्वाभाविक भएको टिप्पणी समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...