News Portal

कैलालीकी राधालाई कुटेकै झल्को : स्याङ्जामा कुटिइन् अर्की युवती

६४२ पटक

भवानी अधिकारी
स्याङ्जा : वालिङ्मा एक युवतीलाई उपचार गर्ने निहुँमा पुजारीले निर्घात कुटपिट गर्दै दुर्व्यवहार गरेका छन्। वालिङ नगरपालिका १४ डाडाँखर्क निवासी २१ वर्षीया खगीसरा कुवँरलाई आफूलाई झाक्री बताउने रामबहादुर थापा (रितबहादुर) ले कुटपिट गरेका हुन्।

कोजाग्रत पूर्णिमाका दिन भीरकोट ५ स्थित स्वरेक कालिका मन्दिरमा थापाले बिरामी भएकी २१ वर्षीया कुवँरलाई अभद्र व्यवहार गर्दै कुटपिट गरेका हुन।

सार्वजनिक स्थलमा दिउँसै ती युवतीमाथि अभद्र व्यवहार हुँदा पनि उनका आफन्त र स्थानीय मुकदर्शक बनेर हेरिरहेका थिए।  कालिका मन्दिरका पुजारी समेत रहेका थापाको खोजीकार्य भैरहेको वालिङ्का प्रहरी निरीक्षक शंकर आचार्यले जानकारी दिए।

‘युवतीलाई वनदेवी लागेको भन्दै पुजारी नै झाँक्री बन्दै वनदेवी पन्छाउनका लागि कुटपीट गरे’, प्रहरी निरीक्षक आचार्यले भने, ‘युवतीलाई उपचार गर्ने भन्दै उनका आफन्तले नै मन्दिरमा पुर्‍याएको जानकारी आएको छ।’

यसअघि कैलालीकी १८ वर्षीया राधा चौधरीमाथि निर्घात कुटपिट भएको भिडियो सार्वजनिक भएको थियो।

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...