News Portal

कैलालीकी राधालाई कुटेकै झल्को : स्याङ्जामा कुटिइन् अर्की युवती

६०९ पटक

भवानी अधिकारी
स्याङ्जा : वालिङ्मा एक युवतीलाई उपचार गर्ने निहुँमा पुजारीले निर्घात कुटपिट गर्दै दुर्व्यवहार गरेका छन्। वालिङ नगरपालिका १४ डाडाँखर्क निवासी २१ वर्षीया खगीसरा कुवँरलाई आफूलाई झाक्री बताउने रामबहादुर थापा (रितबहादुर) ले कुटपिट गरेका हुन्।

कोजाग्रत पूर्णिमाका दिन भीरकोट ५ स्थित स्वरेक कालिका मन्दिरमा थापाले बिरामी भएकी २१ वर्षीया कुवँरलाई अभद्र व्यवहार गर्दै कुटपिट गरेका हुन।

सार्वजनिक स्थलमा दिउँसै ती युवतीमाथि अभद्र व्यवहार हुँदा पनि उनका आफन्त र स्थानीय मुकदर्शक बनेर हेरिरहेका थिए।  कालिका मन्दिरका पुजारी समेत रहेका थापाको खोजीकार्य भैरहेको वालिङ्का प्रहरी निरीक्षक शंकर आचार्यले जानकारी दिए।

‘युवतीलाई वनदेवी लागेको भन्दै पुजारी नै झाँक्री बन्दै वनदेवी पन्छाउनका लागि कुटपीट गरे’, प्रहरी निरीक्षक आचार्यले भने, ‘युवतीलाई उपचार गर्ने भन्दै उनका आफन्तले नै मन्दिरमा पुर्‍याएको जानकारी आएको छ।’

यसअघि कैलालीकी १८ वर्षीया राधा चौधरीमाथि निर्घात कुटपिट भएको भिडियो सार्वजनिक भएको थियो।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...